अस्ट्रेलिया । अस्ट्रेलियामा लागूऔषध, बन्दुक र वन्यजन्तु अपराधको आरोपमा चार जनामाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । छानबिनका क्रममा केही दिनअघि फ्लिन्डर्स टापुमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो ।
लागूऔषध, बन्दुक र वन्यजन्तुसम्बन्धी अपराध गरेको आरोप उनीहरूमाथि लगाइएको हो । नरदर्न ड्रग इन्भेस्टिगेशन सर्भिसका प्रहरीले टापुमा चेकजाँचका क्रममा गाँजा र अन्य लागूपदार्थसम्बन्धी वस्तुहरू जफत गरेको थियो ।
तीमध्ये एक जनामाथि गाँजाको खेती गरेको, हतियार राखेको तथा वन्यजन्तु अपराधको कानुनी प्रक्रिया अघि बढाइने छ भने अर्का एक जनामाथि गाँजा राखेको तथा बेचेको आरोप लगाइएको छ ।
अन्य दुई जनामाथि भने सामान्य लागूऔषधको आरोपमा कानुनी प्रक्रिया अघि बढाइने छ ।