ब्लड क्यान्सरबाट पीडित सौगातको उपचारमा सहयोग गर्न अपिल

ब्लड क्यान्सरबाट पीडित सौगातको  उपचारमा सहयोग गर्न अपिल
नेपालआईज
१८ फागुन २०७९ १४:१३

नेपाल । ब्लड क्यान्सरबाट पीडित सौगात ढुंगेलको उपचारका लागि आर्थिक सहयोग गर्न परिवारले आग्रह गरेको छ । ३० वर्षीय सौगातलाई ३ महिना अघि मात्र ब्लड क्यान्सर भएको पत्ता लागेको थियो ।

उनलाई क्लासिकल हजकिन्स लिम्फोमा (एक दुर्लभ रक्त क्यान्सर) पत्ता लागेको थियो । यो क्यान्सरकाे उपचारमा २० लाख नेपाली रुपैयाँ लाग्ने चिकित्सकहरूले जनाएका छन् ।

उनलाई अहिले भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा राखिएको छ । सौगात परिवारमा कमाउने एक मात्र सदस्य हुन् । उनको परिवारको अवस्था निकै कमजोर रहेकले सहयोगको अपिल गरिएको हो ।

अहिले उनको शरिरभरि नै क्यान्सर फैलिरहेको तथा समयमै उपचार नभए जोखिम बढ्ने परिवारले जनाएको छ । उनलाई तत्काल किमोथेरापीको आवश्यकता रहेको छ तथा आर्थिक अभावका कारण सो तत्काल सम्भव नभएकोसमेत परिवारले जनाएकाे छ । आर्थिक सहयोग गर्न यहाँ क्लिक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर