पश्चिम अस्ट्रेलियामा ‘युवा कप’ प्रतियोगिता हुने

पश्चिम अस्ट्रेलियामा ‘युवा कप’ प्रतियोगिता हुने
नेपालआईज
२६ फागुन २०७९ ११:०२

पर्थ । पश्चिम अस्ट्रेलियाको पर्थमा ‘युवा कप’ प्रतियोगिता हुने भएको छ । यही मार्च १२ तारिखबाट हुने प्रतियोगिताको आयोजन युवा (यु एण्ड अस अस्ट्रेलिया) ले गर्न लागेको हो ।

प्रतियोगितामा क्रिकेट, फुटबल र भलिबल खेल समावेश गरिएको छ । ठूलो धनराशीसहितको यो प्रतियोगिताअन्तर्गत क्रिकेटतर्फ १ भुटानी र ११ नेपाली टिम सहभागी हुने आयोजकले जनाएको छ । त्यस्तै, ८ फुटबल र ६ भलिबल टिम सहभागी हुने छन् ।

एक महिनासम्म चल्ने प्रतियोगिताको मुख्य प्रायोजन एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले गदैछ । त्यस्तै, सहप्रयोजकहरूमा डिर्सोन ड्राइभिङ स्कूल, पार्कल्याण्ड माज्दा, गिल्स कलेज, एसकेएम फर्निचर, जाभ डेभेलोप्मेन्ट साथै मःमः प्लानेट रहेका छन् ।

प्रतियोगिताका एनआरएनए–डब्ल्यूएको सहकार्यमा हुन लागेको युवा क्रिकेट टिमका कप्तान ईश्वर अधिकारी जानकारी दिनुभएको छ । पश्चिम अस्ट्रेलियामा रहेका नेपालीका साथै प्रवासी समुदायबीच खेलकुद, सांस्कृतिक, शैक्षिक, क्षमता निर्माण साथै नवआगन्तुक विद्यार्थीहरूका लागि मार्गदर्शनका लागि प्रतियोगिता गर्न लागेको पनि आयोजकले जनाएको छ । सन् २०२१ मा स्थापना भएको ‘युवा’ नाफारहित सामाजिक संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर