सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा लेबर पार्टी १२ वर्षपछि सत्तामा फर्किएको छ । आज भएको निर्वाचनमा लिबरल-नेसनल पार्टीको गठबन्धनलाई पछि पार्दै लेबर पार्टी सत्तामा फर्किएको हो । अस्ट्रेलियाको सङ्घीय सरकार पनि लेबर पार्टीकै छ । क्रिस मिन्स प्रिमियर बन्ने बताइएको छ । पछिल्ला १२ वर्ष लिबरल-सनेस पार्टीको गठबन्धन सरकारमा रहेको थियो । वर्तमान प्रिमियर डोमिनिक पेरोटेट चौथो पटक प्रिमियर बन्ने दाउमा थिए भने मिन्सले लेबरलाई १२ वर्षपछि सत्तामा पुर्याउने कुरा दृढ रहेका थिए । बहुमत प्राप्त गर्न लेबरलाई ४७ सिटको आवश्यकता पर्नेछ । पछिल्ला दुई वर्ष गठबन्धनले ४६ सिटमा अल्पमतको सरकार चलाएको थियो जबकि लेबर को ३८ सिट रहेको थियो ।