सिंगापुरमा गोर्खाली सेनाको टोलीले जोगायो एक जनाको ज्यान

सिंगापुरमा गोर्खाली सेनाको टोलीले जोगायो एक जनाको ज्यान
नेपालआईज
७ जेठ २०८० ७:२८

सिंगापुर । सिंगापुरमा कार्यरत गोर्खाली सेनाका मानकुमार लिम्बू, सविन गुरुङ, दिनेश लिम्बू र जीवन घर्ती मगरको गोर्खाली सेनाको टोलीले एक जनाको ज्यान जोगाउने कार्य गरेको छ ।

२५ मार्च २०२३ को बिहानै उनीहरूको टोली वुडल्यान्ड्स इन्डस्ट्रियल पार्क वरपर ड्राइभ गर्दैगर्दा बाटोमा साइकल यात्री लडिरहेको देखेँ । उनी अचेत देखिन्थे । उनीहरूले केही गडबड भएको महसुस गरे।

उनीहरूले बोलाए पनि साइकल चालकले जवाफ दिएनन् । उनको पल्स जाँच गर्दा सास फेर्न नसकेको उनीहरूले थाहा पाए ।

उनीहरूलाई लाग्यो कि यो जीवन र मृत्युको कुरा हो। त्यसपछि उनीहरूले छिट्टै सीपीआर गर्न थाले । उनीहरूको उद्देश्य भनेको उक्त व्यक्तिको जीवन कसरी बचाउने भन्ने थियो ।

उनीहरूले एम्बुलेन्सलाई कल गर्दै गर्दा सडकको लेन अवरुद्ध गरेर र ट्राफिकलाई निर्देशन दिएर सुरक्षा सुनिश्चित गरे। एम्बुलेन्स चाँडै आइपुग्यो र उसलाई अस्पतालमा पठाइयो। उनीहरूले पछि थाहा पाए कि साइकल चालक बाँचे र अन्ततः डिस्चार्ज गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको