सिड्नीमा नेपाली युवा माथि छुरा प्रहार, एक जना व्यक्ति पक्राउ

नेपालआईज
२७ जेठ २०८० ९:०९


सिड्नी – अस्ट्रेलियाको डार्लिङहस्टमा एक व्यक्तिमाथि भएको छुरा प्रहारको घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । साउथ डावलिङ स्ट्रिटमा शनिबार एक व्यक्तिमाथि छुरा प्रहार भएको थियो ।
प्रहरीलाई प्राप्त जानकारी अनुसार एक ३५ वर्षीय पुरुषलाई अर्का एक अपरिचित व्यक्तिले छुरा प्रहार गरेका थिए । त्यसपछि उक्त व्यक्ति घटनास्थलबाट फरार भएका थिए ।
छुरा प्रहारबाट घाइते भएका व्यक्तिलाई न्यू साउथ वेल्स अम्बुलेन्समा प्रारम्भिक उपचारपछि सेन्ट भिन्सेन्ट अस्पताल पुर्‍याइएको छ ।
प्रहरीले छानविन गर्दैगर्दा एक १९ वर्षीय युवकलाई पक्राउ गरेको छ । युवकबाट प्रहरी चक्कु पनि बरामद गरेको छ । उनलाई थप सोधपुछका लागि सरे हिल्स पुलिस स्टेसन लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर