दक्षिण अफ्रिकाविरुद्ध अस्ट्रेलियाको शानदार जित

नेपालआईज
१७ भदौ २०८० ३:५२


पाहुना टोली अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज एक खेल अगावै जितेको छ । 

डर्बनमा शुक्रबार राति भएको दोस्रो खेल ८ विकेटले जित्दै अस्ट्रेलियाले घरेलु टोलीविरुद्धको सिरिजमाथि कब्जा जमाएको हो । यसअघि पहिलो खेलअस्ट्रेलियाले १ सय ११ रनले जितेको थियो । 

दोस्रो खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ६५ रनको लक्ष्य अस्ट्रेलियाले १४ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । 

अस्ट्रेलियाको जितमा कप्तान मिचेल मार्सले सर्वाधिक ७९ रन तथा म्याथ्यु शर्टले ६६ रन जोडे । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन जोड्यो । कप्तान आइडेन मारक्रामलेसर्वाधिक ४९ रन बनाए । 

अस्ट्रेलियाका लागि सिन अबोट र नथन एलिसले समान ३-३ विकेट हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर