तास्मानिया । युनिभर्सिटी अफ तास्मानिया अन्तर्गतको डिमेन्सिया रिसर्च एण्ड् एजुकेसन सेन्टरले निःशुल्क डिमेन्सिया तालिम दिने भएको छ ।
अस्ट्रेलियाका एज्ड् केयर, डिस्याविली तथा अस्पतालहरुमा ठूलो संख्यामा नेपाली तथा नेपाली भाषीकामदारहरु रहेका छन् । उनीहरूले आफ्नो कार्यस्थलमा दैनिक जसो डिमेन्सिया भएका मानिसहरूलाई हेरचहार गर्नुपर्छ । डिमेन्सिया भएका मानिसहरुलाई कसरी हेरचाह गर्ने भन्ने बारेमा पर्याप्त ज्ञान नहुँदा बेला-बेला कामदारले विभिन्न खाले समस्या झल्नु परेको छ । हेल्थ सर्भिसमा काम मात्र नभएर डिमेन्सिया शिक्षाआम सर्वसाधरणले पनि बुझ्न जरुरी छ । यस्ता कोर्षहरु शुल्क तिरेर गराइन्छ । तर यो तालिमक भने नि शुल्क हुने र प्रमाण पत्र पनि उपलब्ध गराइने छ ।
युनिभर्सिटी अफ तास्मानियाकी पिएचडी सोधकर्ता यशोदा कोइरालाका अनुसार यस पाठ्यक्रमबाट धेरै भन्दा धेरै ज्ञान प्राप्त गर्न या सिक्न, सहभागीहरूले सामग्रीसँग संलग्न हुन र सम्बन्धित पाठ्यक्रम गतिविधिहरू पूरा गर्न प्रति हप्ता लगभग २ घण्टा खर्च गर्ने अपेक्षा गर्नुपर्छ। अनुसूचित सामग्रीहरु ४ हप्ता साप्ताहिक रूपमा जारी गरिन्छ र कुल ६ हप्तासम्म पहुँचयोग्य हुन्छ। अतिरिक्त २ हप्ता, सामग्री (वा समीक्षा) पुरागर्न प्रदान गरिएको हो। अन्तिममा प्रश्नोत्तरी सफलतापूर्वक पूरा गरेपछि, सहभागीहरूले पूर्णताको प्रमाणपत्र डाउनलोड गर्न योग्य हुनेछन्।
पाठ्यक्रम सामग्रीको विमोचन निम्न मितिहरूमा अष्ट्रेलियाको पूर्वी मानक समय (EAST ) बिहान ९ बजे हुनेछ:
परिचय – २०८० असोज २३ गते (१० अक्टोबर २०२३-10th of October 2023)
मोड्युल १ – २०८० असोज ३० गते (१७ अक्टोबर २०२३- 17th of October 2023)
मोड्युल २ – २०८० कार्तिक ७ गते (२४ अक्टोबर २०२३- 24th of October 2023)
मोड्युल ३ – २०८० कार्तिक १४ गते (३१ अक्टोबर २०२३- 31st of October 2023)
मोड्युल ४ – २०८० कार्तिक २१ गते २०२३ (७ नोभेम्बर २०२३- 7th of November 2023)
समाप्ति – २०८० कार्तिक २८ गते २०२३ (१४ नोभेम्बर २०२३ – 14th of November 2023)
तपाइँ दिनको कुनै पनि समयमा र तपाइँको आफ्नै गतिमा यो जारी गरिएको सामग्री तालिका भित्र उल्लेख गरिएको समय सम्ममा पाठ गर्र्न (पढ्न) सक्नुहुन्छ। यसमा पहिले जारी गरिएको सामग्री पुन: अवलोकन गर्ने वा आवश्यकता अनुसार पछिल्लो पाठ्यक्रममा फिर्ता गएर पाठ्यक्रम पूर्ण गर्ने अवसर पनि समावेश गरिएको छ। पाठ्यक्रम असोज १४ गते २०२३ (१ अक्टोबर २०२३- 1stof October) मा अपराहन्नाको ५ बजे अस्ट्रेलियाको पूर्वी मानक समय (EAST ) मा बन्द हुने छ।
पाठ्यक्रम र भर्नाका लागि यहाँ हेर्नुहोस ।