रंजित साहको नेतृत्वमा एशोशिएसन अफ नेपाल तराई ईन अस्ट्रेलियाको नयाँ कार्यसमिति चयन

रंजित साहको नेतृत्वमा एशोशिएसन अफ नेपाल तराई ईन अस्ट्रेलियाको नयाँ कार्यसमिति चयन
नेपालआईज
२४ भदौ २०८० ११:४०

सिड्‍नी । एशोशिएसन अफ नेपाल तराई ईन अस्ट्रेलियाको अध्यक्षमा रंजित साह निर्वाचित भएका छन् । सिड्नीको ग्रयान्भिलमा भएको वार्षिक साधारण सभाले साहलाई सर्वसम्मत अध्यक्ष पदमा चुनेको हो । अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका अन्य २ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि साह २ वर्षका लागि सर्वसम्मत भएका हुन् ।

साहको कार्यसमितिमा सबै पदाधिकारी सर्वसम्मत नै भए । उपाध्यक्षमा परमानन्द साह रहेका छन् भने महासचिवमा विकास झा चुनिए । कोषाध्यक्षमा सुरेन्द्र साह र कार्यक्रम संयोजक पदमा राकेश साह सर्वसम्मत भए ।

त्यस्तै सहकोषाध्यक्षमा रंजित दास र कार्यसमिति सदस्यमा आरती साह, मोहम्मद सैफअली खान, प्रिया गुप्ता र विजयकुमार साह रहेका छन् ।

एशोशिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) अष्ट्रेलियाको न्युसाउथ वेल्स राज्यमा दर्ता भएको मधेशीहरूको पहिलो र सबैभन्दा पुरानो संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको