Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
नेपाल र नेपालीलाई माया गर्ने सर एडमन्ड हिलारीकी पत्नी लेडी जुन हिलारीको निधन
नेपालआईज
२० जेठ २०८१ २:११
छत्र शंकर
तेन्जिङ्ग नोर्गे संगै सगरमाथा पहिलोपटक आरोहारण गर्ने न्युजिल्यान्डका सर एडमन्ड हिलारीकी पत्नी लेडी जुन हिलारीको ९२ वर्षको उमेरमा निधन भएको छ । हिमालयन ट्रस्टको स्थापनादेखि हिमालय र नेपालका जनताप्रति उनको गहिरो माया थियो । एडमन्डको निधन पछि जुन ट्रस्टको अध्यक्षको रूपमा काम गरेकी थिइन।
अकल्याण्डका लागि नेपाली महावाणिज्य दूतावास र न्युजिल्यान्डमा रहेका नेपाली समुदायको तर्फबाट अकल्याण्डका लागि नेपालका अवैतनिक वाणिज्य दूत दिनेश खड्काले जुनको निधन प्रतिसमवेदना व्यक्त गर्नुभएको छ।
“लेडी जुन हिलारी एक असाधारण व्यक्तित्व थिइन् जसको नेपाल र न्युजिल्याण्डमा रहेका नेपाली समुदायका लागि योगदान अतुलनीय योगदन गरेको थिइन। जुन न्युजिल्यान्ड नेपाली सोसाइटीको संरक्षकको संरक पनि थिइन । न्युजिल्यान्डमा नेपाली कला संस्कृति संरक्षण तथा प्रवद्धनमा सहयोग पुऱ्याउँदै उनले दुई देश बीचको सम्बन्धलाई बलियो बनाउन भूमिका खेलेकी थिइन्।” अकल्याण्डका लागि नेपाली अवैतनिक वाणिज्य दूत दिनेश खड्काले जारी गरेको श्रद्धान्जली नोटमा उल्लेख छ।
यसै बीच अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश राज पोखरेलले पनि जुनको निधनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। उहाँले न्युजिल्यान्ड भ्रमणमा जुनसंग भेट भएको स्मरण गर्दै भन्नुभएको छ, ” सर एडमन्ड हिलारीकी पत्नी लेडी जुन हिलारीको निधनले म गहिरो दुःखी व्यक्त छु। उनी हिमालयन ट्रस्टमार्फत पूर्वी हिमाली क्षेत्रमा रहेका नेपालीको जीविकोपार्जनमा संलग्न थिइन् । मेरी श्रीमती र मैले उनलाई एक वर्ष अघि अकल्याण्डमा भेट्यौं हिलारी परिवार प्रति मेरो हार्दिक समवेदना। नेपाली जनताले उनलाई मिस गरेका छन् ।