Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
होबार्ट । तास्मानियामा पहिलो पटक आयोजना गरिएको तास्मानियन नेप्लिज प्रिमियर लिग (TNPL) को ऐतिहासिक ग्रान्ड फाइनल यस आईतवार कोरिलियन बे, न्यूटाउनमा हुने भएको छ। Aussie फाइनान्स एण्ड होम लोन तस्मानियाको प्रस्तुतिमा र तास्मानियन नेप्लिज क्रिकेट एसोसिएसन (TNCA) को आयोजनामा भएको यो प्रतियोगिता तस्मानियामा रहेका नेपाली क्रिकेटप्रेमीहरूका लागि विशेष महत्त्वको छ।
फाइनल खेलमा ग्रेस Dynamos र VXL स्टार्स बीच उपाधिका लागि कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। दुवै टिमले प्रतियोगिताका सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै यस रोमाञ्चक भिडन्तको यात्रा तय गरेका हुन्।
TNPL, तस्मानियाको क्रिकेट इतिहासमा नेपाली समुदायको पहिलो ठूलो सहभागिता भएको प्रतियोगिता हो। यसले तस्मानियामा रहेको नेपाली डायस्पोराको खेलप्रतिको गहिरो लगाव र प्रतिबद्धतालाई उजागर गरेको छ। TNCA को यो प्रयासले नेपाली खेलाडीहरूलाई उच्चस्तरीय क्रिकेट प्रतिस्पर्धामा सहभागी गराएर उनीहरूको प्रतिभा प्रस्फुटन गर्ने महत्त्वपूर्ण मञ्च प्रदान गरेको छ।
फाइनल खेलले तस्मानियाका नेपाली समुदायलाई मात्र नभई, सम्पूर्ण तस्मानियाली क्रिकेट समर्थकहरूलाई पनि एकसाथ ल्याउने अपेक्षा गरिएको छ। TNPL ले तस्मानियामा नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्याउने काम गरेको छ। यो ऐतिहासिक फाइनल खेलले आगामी वर्षहरूमा नेपाली क्रिकेट प्रतियोगिताहरूलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।
तास्मानियन नेप्लिज प्रिमियर लिग को यो फाइनल खेलमा तस्मानियामा रहेका क्रिकेटप्रेमीहरू सहभागी भएर खेलको रोमाञ्चकता अनुभव गर्ने अवसर पाउनेछन्।