अस्ट्रेलियामा पनि अवैध आप्रवासीको निगरानी, झुटो विवरण पेस गरी पीआर आवेदन दिएको भेटियो

अस्ट्रेलियामा पनि अवैध आप्रवासीको निगरानी, झुटो विवरण पेस गरी पीआर आवेदन दिएको भेटियो
नेपालआईज
२४ फागुन २०८१ २३:५३

मेलबर्न । तास्मानियाको होबार्ट र डेभनपोर्टमा झुटो विवरण पेस गरी स्थायी बसोबास (पीआर) भिसाको आवेदन दिएको अस्ट्रेलियन बोर्डर फोर्स (ABF) ले पत्ता लगाएको छ। ABF को विशेष अनुसन्धानका क्रममा अस्ट्रेलियाको भिसा र आप्रवासन प्रणाली दुरुपयोग गरिएका धेरै घटनाहरू फेला परेका छन्।

गृहमन्त्रालय (Department of Home Affairs) अन्तर्गतका ABF अधिकारीहरूले तास्मानियाका विभिन्न कम्पनीहरूको अनुसन्धान गर्दा नक्कली ‘फ्यान्टम’ मनोनयनहरू (phantom nominations) तथा रोजगारदाता मनोनयन योजनाअन्तर्गत (Employer Nomination Scheme) ठगीपूर्ण स्थायी बसोबास आवेदन फेला पारेका छन्।

विशेष निगरानीका आधारमा गरिएको छड्के अपरेसनका क्रममा विभिन्न व्यवसायहरूको भेरिफिकेसन, कर्मचारीहरूसँग अन्तर्वार्ता तथा प्रमाण सङ्कलन गरिएको थियो। अनुसन्धानबाट मनोनयन गरिएका पाँच व्यवसाय अस्तित्वमै नरहेको पुष्टि भएको छ। साथै, नक्कली आवेदन कागजात, बनावटी भाडा सम्झौताहरू (lease agreements) तथा वैध व्यवसायहरूको नाम दुरुपयोग गरिएको पाइएको ABF ले जनाएको छ।

ABF कमान्डर जेसन बिडिङ्टनका अनुसार, अस्ट्रेलियाभर यस्ता निगरानी अपरेसन जारी राखिनेछ ताकि आप्रवासन प्रणालीको विश्वसनीयता जोगाउन सकियोस्।

यदि कसैलाई आप्रवासनसम्बन्धी अपराध वा शंकास्पद गतिविधिबारे जानकारी छ भने Border Watch मार्फत अनलाइन उजुरी दिन सकिन्छ। उजुरीकर्ताको नाम गोप्य राखिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको