तास्मानिया। आगामी २९ मार्च शनिबार तास्मानियामा आयोजना हुने नेपाल फेस्टिभल २०२५ का लागि लनचेस्टनदेखि होबार्टसम्म र फर्किने यात्राका लागि निःशुल्क बस सेवा प्रदान गरिने भएको छ।
नेपाली संस्कृति, कला, र समुदायलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस महोत्सवलाई थप व्यवस्थित र सहज बनाउन निःशुल्क बस सञ्चालन गरिएको NRNA तास्मानियाका उपसंयोजक उत्तम अधिकारीले जानकारी दिए।
बस सेवा २९ मार्च २०२५ मा सञ्चालन हुनेछ। यात्रुहरूले बिहान ६:४५ बजे Dan Murphy’s Launceston Car Park मा भेला हुनुपर्नेछ, भने बिहान ७ बजे बस होबार्टतर्फ प्रस्थान गर्नेछ। फेस्टिभल सम्पन्न भएपछि राति ९ बजे पुनः लन्सेस्टन फर्काइने अधिकारीले बताए।
नेपाली समुदायबीच एकता कायम राख्न र कार्यक्रममा अधिकतम सहभागिता सुनिश्चित गर्न यस विशेष बस सेवा निःशुल्क राखिएको हो। इच्छुक व्यक्तिहरूले श्रीजा पोखरेल (०४३७ ८८५ ३२५) वा अनोज भण्डारी (०४६० ७७८ ८६२) सङ्ग सम्पर्क गरी थप जानकारी लिन सक्नेछन्।