एनडीआईएस खोलेर छिट्टै धनी बन्ने सपनाले सिड्नीमा तीन जना परे प्रहरी फन्दामा

एनडीआईएस खोलेर छिट्टै धनी बन्ने सपनाले सिड्नीमा तीन जना परे प्रहरी फन्दामा
नेपालआईज
८ चैत २०८१ २०:१७

न्यू साउथ वेल्सको मिड नर्थ कोस्टमा अनरजिस्टर्ड एनडीआईएस कम्पनीमार्फत १ मिलियन डलर ठगी गरेको आरोपमा एक विवाहित जोडी र तेस्रो व्यक्ति पक्राउ परेका छन्।

पाँच महिनासम्म चलेको अनुसन्धानपछि ३६ वर्षीय रिचर्ड जोन केनेडी, उनकी ३१ वर्षीया श्रीमती चार्लिन गाट, र ३२ वर्षीय मनबीर रूपराइ बुधबार पक्राउ परेका हुन्। प्रहरीको छापामार अभियानमा विभिन्न कागजात, रेकर्डहरू, र इलेक्ट्रोनिक उपकरणहरू बरामद गरिएको छ।

तीनै जनालाई केम्प्सी प्रहरी कार्यालयमा लगिएको छ। केनेडी र रूपराइको बेल अस्वीकार गर्दै बिहीबार केम्प्सी लोकल कोर्टमा पेश गरिनेछ भने गाटलाई कडा सर्तसहित धरौटीमा छोडिएको छ। प्रहरीको अनुसन्धान जारी छ।

नेपाली समुदायमा पनि पछिल्लो समय एनडीआईएस सञ्चालन गर्नेहरूको लहर नै चलेको छ। नियमित अडिट र कम्प्लायन्सबारे बुझेर मात्र यो क्षेत्रमा लाग्नु आवश्यक देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर