छत्र शंकर
तास्मानिया प्रहरीले नेपाल फेस्टिभल तस्मानियाको कल्चरल परेडलाई लक्क्षित होर्वाटका केही सडकहरु करिव ३ घन्टा बन्द रहने सर्वसाधरणको लागि जानकारी गराएको छ।
शनिबार, २९ मा तास्मानिया होबार्ट MACO2 बाट कल्चरल परेड शुरुहुनेछ। कार्यक्रम सुरक्षाका लागि सडक बन्दको आयोजकले अनुमति लिएको थियो।
प्रहरीका यी हन्टर स्ट्रिट, वाटरफ्रन् ,MACO2 देखि फ्र्यांकलिन व्हार्फ सम्म फ्र्यांकलिन व्हार्फ, हन्टर स्ट्रिट देखि मोरिसन स्ट्रिट सम्म मोरिसन स्ट्रिट, हन्टर स्ट्रिट देखि मोरिसन स्ट्रिट पार्किंगसम्म सडकहरू बिहान १०:४५ बजे देखि १२ बजेसम्म बन्द रहने छन्।
सडकहरू क्रमशः पुन: खोलिनेछन् प्रहरीले जनाएको छ।