शरणार्थी संकट: “कहाँ जाउँ, मेरो जाने देश छैन?”

शरणार्थी संकट: “कहाँ जाउँ, मेरो जाने देश छैन?”
नेपालआईज
१६ चैत २०८१ १९:१२



छत्र शंकर


शरणार्थीहरूको जीवन सधै कठिन र संवेदनशील हुन्छ, विशेष गरी जब उनीहरू आफ्नो देशबाट विस्थापित भई सुरक्षित भविष्यको खोजीमा विदेश पुग्छन्। तर कहिलेकाहीँ त्यो आशा पनि दुःखद यथार्थमा बदलिन्छ। हालै भएको एक घटनाले नेपाली भाषी भूटानी शरणार्थीहरूलाई पुनः पीडामा पारेको छ।


अमेरिकाबाट हालै डिपोर्ट गरिएका तीन जना भूतपूर्व भूटानी शरणार्थी झापाको बेलडाँगी शरणार्थी शिविरमा आइपुगेपछि नेपाल प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ। ती व्यक्ति १० जनाको समूहमा थिए, जसलाई भूटानले पारो अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरी भारतको पानीट्याङ्की सीमामा भारतीय सुरक्षाकर्मीलाई हस्तान्तरण गरेको थियो।


तर तीमध्ये तीन जनालाई भूटानले नागरिकता नभएको भन्दै अस्वीकार गरेपछि उनीहरू अनधिकृत रूपमा नेपाल प्रवेश गर्न बाध्य भए। नेपाल प्रहरीले बेलडाँगी शरणार्थी शिविरबाट पक्राउ गरी हाल दमक इलाका प्रहरी कार्यालयमा राखी अनुसन्धान तथा प्रमाणिकरणको प्रक्रिया अघि बढाइरहेको छ।


झापाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायहरूले सीमावर्ती क्षेत्रहरूमा निगरानी बढाएको जनाइएको छ।
शरणार्थी समस्यालाई लिएर विश्व समुदायको ध्यानाकर्षण गराउनु आवश्यक छ। कुनै देशबाट निष्कासित, अर्काले अस्वीकार गरेको, र तेस्रो देशले अझै नचिनेका यस्ता व्यक्तिको जीवन अत्यन्त असुरक्षित बन्ने खतरा रहन्छ। यो मानवीय संकटको समग्र समाधान खोज्नु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको