कति कठोर अष्ट्रेलियाको पीआर! संघर्ष गर्दैगर्दा कहिल्यै नउठ्ने गरी ढले

कति कठोर अष्ट्रेलियाको पीआर! संघर्ष गर्दैगर्दा कहिल्यै नउठ्ने गरी ढले
पर्थ
२७ वैशाख २०८२ ११:५४

पश्चिम अष्ट्रेलियाको कार्डअप नजिक सोमबार दिउँसो भएको भयावह रेल दुर्घटनामा ज्यान गुमाएका ट्रक चालक जसप्रीत “ग्रेवाल” सिंहलाई एक नम्र, मिठो बोल्ने र सबैको सम्मान गर्ने व्यक्ति भनेर सम्झना गरिएको छ।

४१ वर्षीय सिंहको सेतो भोल्भो ट्रक बिशप रोड र होपकिन्सन रोडको दोभानमा रहेको रेलवे क्रसिङमा freight train सँग ठोक्किँदा गम्भीर घाइते भएका उनलाई आर्माडेल अस्पताल लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भयो।

 

जसप्रीत सिंहकी पत्नी अमनदीप कौरले अन्त्येष्टि खर्च र आफ्ना १२ वर्षीय छोरा समरवीर सिंहको भविष्य सुरक्षित गर्न GoFundMe अभियान सुरु गरेकी छन्।

“जसप्रीत सिंह अत्यन्तै दयालु, नम्र स्वभावका र सकारात्मकता फैलाउने व्यक्ति थिए। उनी मेरो श्रीमान् मात्र होइन, मेरो सबैभन्दा मिल्ने साथी र हाम्रो छोराका लागि एक अद्भुत पिता पनि थिए,” कौरले लेखेकी छन्।

उनका अनुसार सिंह सन् २०१८ मा अष्ट्रेलिया आएका थिए तर अझै स्थायी बसोबास (PR) का लागि संघर्षरत थिए।

“उहाँ बिना जीवनको कल्पना गर्न पनि गाह्रो छ। म मेरो छोराको लागि स्थायित्व सुनिश्चित गर्न तपाईंहरूको सहयोगको हार्दिक अनुरोध गर्दछु,” उनले लेखेकी छन्।

२ लाख ५० हजार डलरको लक्ष्यसहित सुरु गरिएको उक्त अभियानले हालसम्म ६६ हजार डलरभन्दा बढी संकलन गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर