पश्चिम अष्ट्रेलियाबाट पहिलो उम्मेदवारी घोषणा, सुमन सन्जेल राज्य संयोजकको दौडमा

पश्चिम अष्ट्रेलियाबाट पहिलो उम्मेदवारी घोषणा, सुमन सन्जेल राज्य संयोजकको दौडमा
नेपालआईज
३० वैशाख २०८२ १:३६

 

पर्थ – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकालका लागि निर्वाचन घोषणा भएसँगै पश्चिम अष्ट्रेलियाबाट पहिलो उम्मेदवारी सार्वजनिक गरिएको छ। एनआरएनए पश्चिम अष्ट्रेलियाका पूर्व कोषाध्यक्ष तथा युवा सदस्य रहनुभएका सुमन सन्जेल (हरिवंश सन्जेल) ले राज्य संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो।

सन्जेलले विगत दुई कार्यकालमा एनआरएनए पश्चिम अष्ट्रेलियाको कार्यसमितिमा रहेर समाज सेवामा उल्लेखनीय योगदान पुर्‍याउनुभएको छ। उहाँ सन् २०२१–२३ मा युवा सदस्य र २०२३–२५ मा राज्य कोषाध्यक्षको रूपमा कार्यरत हुनुहुन्थ्यो। समाजमा सक्रियता, अनुभव, ज्ञान, र समुदायबाट प्राप्त साथ, माया र प्रेरणाले आफूलाई फेरि जिम्मेवारी लिन प्रेरित गरेको उहाँको भनाइ छ।

“राज्य संयोजक पदमा उम्मेदवारी दिन पाउनु मेरो लागि गर्वको विषय हो। विगतमा सिकेका अनुभव र शिक्षा प्रयोग गरेर एनआरएनए पश्चिम अष्ट्रेलियालाई अझ संगठित, प्रभावकारी र सबै नेपालीहरूको साझा चौतारी बनाउने मेरो दृढ प्रतिबद्धता छ,” सन्जेलले भन्नुभयो।

उहाँले समुदायसँग प्रत्यक्ष संवाद र सहभागिता मार्फत संस्था सशक्त बनाउने अठोट व्यक्त गर्दै सल्लाह, सुझाव र प्रतिक्रिया दिन सबैमा आग्रह गर्नुभएको छ। सम्पर्कका लागि उहाँले आफ्नो व्यक्तिगत नम्बर 0405880730 सार्वजनिक गर्नुभएको छ।

सन्जेलले आगामी दिनहरूमा आफ्नो चुनावी एजेन्डा क्रमशः सार्वजनिक गर्दै जाने जानकारी पनि दिनुभएको छ। “म तपाईंहरूको अमूल्य मत र समर्थनको अपेक्षा राख्छु,” भन्दै उहाँले समुदायको उन्नति र एकताका लागि अझ ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

एनआरएनए अष्ट्रेलियाको निर्वाचन आगामी जुलाई २६ मा हुने तय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर