१५० भन्दा बढी पीडित

अष्ट्रेलियामा यात्रु ठग्ने अर्को ट्राभल कम्पनीको काण्ड: नेपालीहरू सावधान!

अष्ट्रेलियामा यात्रु ठग्ने अर्को ट्राभल कम्पनीको काण्ड: नेपालीहरू सावधान!
नेपालआईज
६ जेठ २०८२ ०:४३

मेलबर्न – अष्ट्रेलियाको मेलबर्नमा आधारित ट्राभल कम्पनी Traveldream धरासायी भएपछि सयौं पर्यटक ठगिएका छन्। कम्पनीको पतनले नेपाली समुदायलाई सियोन ट्राभल काण्डको पुनः सम्झना गराएको छ — जहाँ विश्वासमा परेका ग्राहकहरू लाखौं डलर घाटामा परे।

१९ हजार डलरको  सपना चकनाचुर

क्विन्सल्याण्डकी नर्स डोना ल्याम्बर्थले आफ्नो दिवंगत भाइको सम्झनामा Traveldream मार्फत १९ हजार डलरको  जीवनकै ठूलो अमेरिका भ्रमण योजना बनाएकी थिइन्। तर, केवल मुख्य फ्लाइटबाहेक अरू कुनै सेवा—क्रुज, होटल, भ्रमण प्याकेज—कम्पनीले भुक्तानी नगरेको थाहा पाएपछि उनी भावुक भइन्।

“सबै कुरा नियम अनुसार गरेकी थिएँ—बीमा पनि लिएको थिएँ। तर अहिले हामी शून्यमा फर्किएका छौं,” उनले भनिन्।

रिटायर्ड जोडीको जन्मदिन ‘धोका’मा

सिड्नीका क्रिस र विकी ब्रटोनले विकीको ७० औं जन्मदिन मनाउने योजनाअनुसार $12,000 को टुर बुक गरेका थिए। तर उनीहरूले भुक्तानी गरिसकेका प्याकेजहरू कम्पनीले बुक नै नगरेको पत्ता लाग्यो।

“Allianz को बीमा हुँदा पनि एजेन्सी धरासायी हुँदा क्षतिपूर्ति पाइँदैन भन्ने अब थाहा भयो,” क्रिसको गुनासो थियो।

१५० भन्दा बढी पीडित, करोडौं घाटा

Traveldream को पतनपछि पीडित ग्राहकहरूले फेसबुकमा एक निजी समूह बनाएर एकअर्कासँग सहयोग मागिरहेका छन्। कम्पनीका प्रशासक McLeods ले हालसम्म ७५ ग्राहकको उजुरी दर्ता भएको जनाएको छ, जसअनुसार $1 मिलियन भन्दा बढीको भुक्तानी बाँकी छ।

एटीआईएले गर्‍यो चेतावनी

अष्ट्रेलियन ट्राभल इन्डस्ट्री एसोसिएसन (ATIA) ले Traveldream ले आवश्यक अनुमति र प्रमाणिकता प्राप्त नगरेको पुष्टि गर्दै उपभोक्तालाई भविष्यमा यस्ता अप्रमाणित ट्राभल एजेन्टसँग लेनदेन नगर्न आग्रह गरेको छ।

नेपाली समुदायका लागि शिक्षा

सियोन ट्राभल घटनाबाट अझै चटारोमा रहेको नेपाली समुदायका लागि Traveldream काण्ड अर्को चेतावनी बन्न पुगेको छ। यात्रामा जानुअघि ट्राभल एजेन्सीको प्रमाणिकता, व्यवसायिक इजाजतपत्र र ग्राहकहरूको समीक्षा जाँच गर्न  जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर