सर्त नपढीकन अष्ट्रेलिया? भिसा त गयो, अब जेल पनि जानुपर्छ!

सर्त नपढीकन अष्ट्रेलिया? भिसा त गयो, अब जेल पनि जानुपर्छ!
नेपालआईज
१० असार २०८२ १२:११

मेलबर्न | अष्ट्रेलियाको भिसा पाउनु स्वतन्त्रताको ढोका खोल्नु हो तर त्यससँगै आउने कानुनी जिम्मेवारीहरू बेवास्ता गर्दा ठूलो जोखिममा पर्न सक्छ। मेलबर्नमा हालै एक विदेशी नागरिक पक्राउ परेका छन्, जसले भिसा सर्तहरू पालना नगरेको आरोपमा अदालतको सामना गरिरहेका छन्।

३८ वर्षीय सुडानमा जन्मिएका ती पुरुषलाई अष्ट्रेलियन संघीय प्रहरीले भिसा र जमानत सर्त उल्लंघन गरेको आरोपमा पक्राउ गरी मेलबर्न म्याजिस्ट्रेट अदालतमा पेश गरेको हो।

उनलाई १० वटा आरोप “सूचित ठेगानामा नबस्ने” (Migration Act १९५८ अन्तर्गत धारा ७६C(१)) र २ वटा आरोप “इलेक्ट्रोनिक निगरानी उपकरण राम्रो अवस्थामा नराख्ने” (धारा ७६ D (३)) को लागिएको छ। यी अपराधहरूको अधिकतम सजाय ५ वर्षसम्म कैद वा $९९,००० जरिवाना वा दुवै हुन सक्छ।

यसबाहेक, उनलाई जमानतमा रहँदै गम्भीर अपराध गरेको (Bail Act १९७७, धारा ३०B) र जमानत सर्त उल्लंघन गरेको (Summary Offences Act१९६६, धारा ४९ F) अभियोगसमेत लागेको छ, जसको सजाय अधिकतम तीन महिना कैद वा $५,९२७.७० जरिवाना हो।

यो घटना अष्ट्रेलियामा बसोबास गरिरहेका विदेशीहरूका लागि  सन्देश हो। भिसा पाउँदा प्राप्त हुने स्वतन्त्रतासँगै त्यसमा संलग्न ‘कन्डिसनहरू’ पढ्नु, बुझ्नु र पालन गर्नु अनिवार्य छ।

यदि सर्तहरू पालना नगरी “जहिले पर्छ, त्यहीले टर्छ” भन्ने सोच लिएर अघि बढियो भने, भिसा रद्द हुनुका साथै प्रहरी, अदालत र लाखौं डलर जरिवाना भोग्नुपर्ने दिन पनि आउन सक्छ।

उक्त घटनाको  प्रहरीले ले पक्राउपछि थप अनुसन्धान जारी रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर