एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा डाटा व्रिच गर्नेहरूमाथि कारबाही हुने, मेरो कुनै संलग्नता छैन: भैरव ढकाल

नेपालआईज
१० साउन २०८२ २३:४९

 

मेलबर्न – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आज  भइरहेको निर्वाचनमा मतदाताको व्यक्तिगत विवरण (मोबाइल नम्बर) प्रयोग गरी मतदान दिने सन्देश पठाएर एक समूहले आचारसंहिताको  उल्लंघन गरेको  निर्वाचन आयोगले  जनाएको छ ।

निर्वाचनको बिहानैदेखि मतदाताहरूको मोबाइलमा एक समूहको पक्षमा मतदान गर्न अपील गरिएको म्यासेज पुगेपछि निर्वाचन आयोगले आकस्मिक बैठक बोलाएर यस विषयमा गम्भीर चासो व्यक्त गरेको हो।

प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालले यस्तो कार्य केवल निर्वाचन आचारसंहिताको उल्लंघन मात्र नभई अष्ट्रेलियाको गोपनीयता कानुनविपरीत समेत भएको टिप्पणी गरेका छन्। “मतदाताको व्यक्तिगत विवरण कसरी व्रिच भयो भन्नेबारे छानबिन हुन्छ, र जसबाट यो काम भयो उसले नै कानुनी कारबाही भोग्नुपर्नेछ,” ढकालले स्पष्ट पारे।

एनआरएनए अष्ट्रेलियाका वर्तमान अध्यक्ष अनिल पोखरेलले पनि मतदाताको डाटा चुहावटलाई गैरकानुनी कार्यको संज्ञा दिँदै निर्वाचन आयोगले निष्पक्ष र कडाइका साथ छानबिन गर्नुपर्ने बताए। “मतदाताको विवरण निर्वाचन आयोगसँग मात्रै हुन्छ, त्यसैले आयोगले यसको जिम्मा लिँदै दोषी पत्ता लगाउनुपर्छ,” अध्यक्ष पोखरेलको भनाइ थियो।

निर्वाचन आयोगले उक्त घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै दोषी पक्ष पहिचान गरी कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ। आयोग स्रोतका अनुसार प्राविधिक परीक्षणको सहायताले डेटा चुहावटको स्रोत पहिचान गरिनेछ।

टिम एकताबाट एका बिहानै मतदाताको मोबाइलमा म्यासेज आएको थियो ।  टिम एकताका अध्यक्षका उम्मेदवार भैरव ढकालले सो घटनामा आप्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर