गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन सम्पन्न
मेलबर्न— गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको बहुप्रतिक्षित निर्वाचन सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार कुल मतदाता संख्याको ८५ प्रतिशतले मतदान गरेका छन्। अनलाइन माध्यमबाट सम्पन्न मतदानमा मतदाताहरूको उल्लेखनीय उत्साह देखिएको छ।
यस पटकको निर्वाचन विशेष रहन पुगेको छ, किनभने अध्यक्ष पदका लागि पहिलो पटक सिड्नी र मेलबर्नबाहेकका शहर—ब्रिसबेन, पर्थ र डार्विन—बाट समेत उम्मेदवारी पर्यो।
अध्यक्ष पदमा तीन उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ — सञ्जीव ढकाल, भैरव ढकाल र सन्तोष कुँवर। सन्तोष कुँवर नेतृत्वको टिमले सबै राज्यमा उम्मेदवारी दर्ता गरेको थियो भने, टिम एकताले तास्मानिया र ब्रिसबेनबाहेकका सबै राज्यमा उम्मेदवारी दिएको हो। अर्का प्रत्यासी सञ्जीव गोरखालीको टिमले भने सिड्नी र क्यानबेरामा उम्मेदवारी दिएका थिए।