NRNA Australia Election 2025

एनआरएनए अष्ट्रेलियाको चुनावले दिएको तीन सन्देश-नारी नेतृत्वको उदय

एनआरएनए अष्ट्रेलियाको चुनावले दिएको तीन सन्देश-नारी नेतृत्वको उदय
छत्र शंकर
१२ साउन २०८२ ८:०९

 

अष्ट्रेलियाएनआरएनए अष्ट्रेलियाको चुनाव औपचारिक प्रक्रिया मात्र हो, तर समाज सेवा भने हृदयको आवाज हो। यतिबेला अष्ट्रेलियाको नेपाली समुदाय एउटा ऐतिहासिक मोडमा उभिएको छ , जहाँ अविर लाउने, नलगाउने, पाइन लगाउने वा नलगाउने सबै एउटै मोर्चामा उभिएका छन्, एउटै उद्देश्यका साथ: नेपाली समुदायलाई सशक्त बनाउने।

यसपटकको एनआरएनए अष्ट्रेलिया निर्वाचन केवल नेतृत्व चयनको प्रक्रिया थिएन, यो नेपाली डायस्पोराको भविष्यलाई आकार दिने यात्राको एउटा अध्याय थियो। यो निर्वाचनले तीन महत्वपूर्ण सन्देश दिएको छ, जसले धेरैको मन छोएको छ।

महिला नेतृत्व 

अष्ट्रेलियाको सबैभन्दा ठूलो राज्य न्यु साउथ वेल्समा पहिलोपटक संयोजक पदमा महिला उम्मेदवार उषाकिरण बारिया पोखरेल  विजयी भएकी छन्।
यो केवल व्यक्तिगत विजय मात्र होइन, नेपाली नारीहरूको सशक्तिकरणको प्रतीक हो।न्यु साउथ वेल्सको इतिहासमा पहिलो पटक महिला संयोजक बन्ने अवसर पाएकी उनले  अष्ट्रेलियामा  नेपाली महिलाको नेतृत्व क्षमतामा प्रश्न उठाउनेहरुलाई एक ऐतिहासिक उत्तर दिएकी छिन्।उनको यो विजयले हाम्रो समाजमा एउटा गहिरो सन्देश छाडेको छ ,”नेतृत्व क्षमता लिङ्गले होइन, लगनशीलता र दूरदृष्टिले नापिन्छ।”

 युवा पुस्तालाई हौसला 

यो चुनावमा थुप्रै युवा अनुहारहरू अगाडि आए उनीहरू केवल उम्मेदवार मात्र होइन, विचार, जोश र परिवर्तनका वाहक थिए।
युवाले ‘समय छैन’ भन्ने बहानालाई ‘समाजमा केही गरौं’ भन्ने सोचले जिते। यिनीहरूको सक्रियता देख्दा लाग्छ  नेपाली समाज अब पुस्तान्तरणको यात्रामा छ, जहाँ अनुभव र ऊर्जा सँगसँगै अघि बढ्न थालेका छन्।

सफलता आकस्मिक  हुँदैन् 

चुनाव त मिति घोषणा भएपछि आउँछ, तर विजय भने दुई वर्षअघिदेखि सुरू भएको परिश्रम र सञ्जाल विस्तारको उपज हो। यसपटक देखियो — जसले समयमै समाजसँग सम्पर्क कायम गरे, आवश्यक संवाद गरे र रणनीति बनाए, सफलतासँग उभिए। नेतृत्व पाउनेको पछाडि चुनावकै दिनको दौडधूपभन्दा धेरै अघिदेखि चलिरहेको लगनशील काम लुकेको हुन्छ — जसले नेपाली समुदायको विश्वास जित्न मद्दत गर्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर