Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिलाउन रास्वपाको विशेष अभियान
नेपालआईज
२५ साउन २०८२ १३:०३
काठमाडौँ । विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विशेष अभियान सुरु गर्ने भएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले परदेशमा बसोबास गर्ने नेपाली नागरिकका लागि मतदानको व्यवस्था मिलाउन सरकार र सम्बन्धित निकायलाई दबाब दिने निर्णय गरेको हो।
बैठकपछि प्रवक्ता मनिष झाले पत्रकारहरूसँग कुरा गर्दै, “विदेशमा रहेका लाखौँ नेपाली नागरिक संविधानले दिएको मताधिकारबाट वञ्चित हुनु न्यायसंगत होइन। अब हाम्रो अभियानले यो विषयलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउनेछ,” भने।
रास्वपाले अभियानअन्तर्गत अन्तर्राष्ट्रिय नेपाली समुदाय, नागरिक समाज, र राजनीतिक दलहरूसँग सहकार्य गर्दै कानुनी र नीतिगत पहललाई अगाडि बढाउने तयारी गरेको छ।