अस्ट्रेलियामा हुने टप एण्ड टी–२० सिरिजका लागि नेपाली टोलीको बिदाइ

अस्ट्रेलियामा हुने टप एण्ड टी–२० सिरिजका लागि नेपाली टोलीको बिदाइ
नेपालआईज
२६ साउन २०८२ १३:५६

काठमाडौं । अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एण्ड टी–२० सिरिजमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा टोलीलाई शुभकामना दिँदै बिदाइ गरियो।

टोली सोमबार बिहान डार्विनतर्फ प्रस्थान गर्नेछ। अगष्ट १४ देखि २४ सम्म चल्ने यस सिरिजमा पाकिस्तान ए, बंगलादेश ए लगायतका अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहनेछ। नेपालले लिग चरणमा ६ खेल खेल्नेछ।

यो प्रतियोगितालाई अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा महत्वका साथ हेरिएको छ।

कप्तान रोहित पौडेलको नेतृत्वमा उपकप्तान दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र शाहव आलम टोलीमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर