Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
ऊर्जा दिगोपन र सीमा पार व्यापारमा अष्ट्रेलियाको निरन्तर सहयोग रहने
नेपालआईज
२८ साउन २०८२ ७:१४
काठमाडौं । नेपालले ऊर्जा दिगोपन र सीमा पार ऊर्जा व्यापारमार्फत आर्थिक वृद्धि गर्न खोजिरहेका बेला अष्ट्रेलियन दूतावासले निरन्तर सहयोगको प्रतिवद्धता जनाएको छ।
अष्ट्रेलियन दूतावासका अनुसार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्कासँगको भेटमा दूतावासले नेपालको ऊर्जा क्षेत्रमा सहयोगलाई अझ मजबुत बनाउने विषयमा छलफल गरेको हो।
दूतावासले क्षेत्रीय तथा द्विपक्षीय संयन्त्रमार्फत दिगो जलस्रोत व्यवस्थापन, जलविद्युत विकास र क्षेत्रीय सहकार्य प्रवर्द्धनमा नेपालसँग सहकार्य गर्दै आएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।