एनआरएनए निर्वाचनका लागि ५६ देशका ४ हजार ६५९ प्रतिनिधिको नाम दर्ता

एनआरएनए निर्वाचनका लागि ५६ देशका ४ हजार ६५९ प्रतिनिधिको नाम दर्ता
नेपालआईज
५ भदौ २०८२ ३:०३

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबरमा हुने १२औँ महाधिवेशन र निर्वाचनका लागि प्रतिनिधि दर्ता प्रक्रिया पूरा भएको छ।

संघका उपाध्यक्ष डा. हेमराज शर्माका अनुसार हालसम्म ५६ देशबाट ४ हजार ६५९ जनाले स्मार्ट एनआरएनए एपमार्फत नाम दर्ता गराएका छन्। दर्ता गरिएका नामहरूको प्रमाणीकरण राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मार्फत गरिएपछि अन्तिम सूची सार्वजनिक गरिने उनले बताए।

संघको विधानअनुसार महाधिवेशनमा वर्तमान कार्यसमिति, पूर्वपदाधिकारी, सल्लाहकार र विभिन्न देशका एनसीसीका वर्तमान तथा पूर्व सदस्यलाई प्रतिनिधि बन्न पाउने व्यवस्था छ। प्रमाणीकरण प्रक्रिया पूरा भएपछि करिब ३ हजार ४०० प्रतिनिधिलाई मात्र मतदानमा सहभागी गराइने संघले जनाएको छ।

डा. शर्माका अनुसार आइसिसी र एनसीसीमा एक कार्यकाल जिम्मेवारी सम्हालेका सदस्यहरूको पहिचान गरी आइसिसीले नामावली सम्बन्धित देशको एनसीसीलाई पठाउनेछ, र त्यसलाई अन्तिम रूप दिइनेछ।

एनआरएनएको १२औँ महाधिवेशन आगामी अक्टोबर ११ देखि १३ तारिखसम्म काठमाडौंमा हुने तय भएको छ। महाधिवेशनसँगै हुने विश्व सम्मेलनमार्फत नयाँ नेतृत्व चयन गरिनेछ। यसअघि संघले अधिवक्ता डा. राजेन्द्र घिमिरेको संयोजकत्वमा चिरन्जीवी ढकाल, टिबी कार्की, प्रीतम श्रेष्ठ, रजनी प्रधान, होमनाथ पाण्डे र प्रकाश सापकोटा सदस्य रहेको निर्वाचन समिति गठन गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर