अष्ट्रेलिया, कोरिया र दुबई पुगेकाहरूले नेपाल गएर बनाए ‘अन्धकार जीवन’ म्युजिक भिडियो…

अष्ट्रेलिया, कोरिया र दुबई पुगेकाहरूले नेपाल गएर बनाए ‘अन्धकार जीवन’ म्युजिक भिडियो…
नेपालआईज
२ मंसिर २०८२ १०:४०

काठमाडौं। नेपाली रक सङ्गीतको क्षेत्रमा नयाँ र सशक्त आवाज बोकेको चर्चित ब्यान्ड ‘OURBHET’ ले आफ्नो प्रतीक्षित गीत ‘अन्धकार जीवन’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ। यो गीत ब्यान्डका सदस्यहरूले अष्ट्रेलिया, कोरिया दुबई लगायतका देशहरूमा रहेर नेपाल फर्किँदा देशको अवस्था २० वर्षअघिकै जस्तै देखेपछि वर्तमान नेपालको वास्तविकता उजागर गर्ने उद्देश्यले तयार गरिएको उनीहरूले बताएका छन्। ब्यान्डका सदस्य प्रह्लाद ढकाल भन्छन्, “२० वर्षअघि नै यो लिरिक्स तयार भएको थियो।”

उनीहरू भन्छन्— “२० वर्षअघिको लिरिक्सले अझैसम्म न्याय पाएको छैन। हामीले एसएलसी दिँदा देखेको देशको अवस्था र अहिलेको अवस्था पनि उस्तै भएकाले विदेशमा बसेका हामीहरू नेपाल पुगेकै बेला म्युजिक भिडियो तयार पार्यौँ।” अष्ट्रेलिया, कोरिया र दुबईमा रहेका उनीहरूले नेपाल फर्कंदा देखेको देशको अवस्थालाई नै सङ्गीतमार्फत प्रस्तुत गरिएको हो।

२० वर्षअघिको नेपाल र आजको यथार्थ

विदेशमा लामो समय बसेर स्वदेश फर्कँदा पनि देशको विकासगत प्रगति सुस्त र धेरै क्षेत्रमा २० वर्षअघिकै जस्तै अवस्था देखेर उनीहरूले निराशा व्यक्त गरेका छन्। यही मनोभाव र परिवर्तनको चाहनालाई उनीहरूले ‘अन्धकार जीवन’मा सङ्गीतमार्फत उतारेका छन्, जसले वर्तमान नेपालको चुनौती र यथार्थ झल्काउँछ।

भिडियोको क्यामेरा एकाएक ब्यान्डतर्फ ‘स्ल्याम’ हुन्छ, जहाँ OURBHET का सदस्यहरू हेटौंडाको बनसखण्डी जंगलमै  भिडियोको छाँयाङ्कन  भएको छ । ‘अन्धकार जीवन’मा रोशन महर्जनको दमदार स्वर रहेको छ।

  • रिदम गिटार : प्रह्लाद ढकाल

  • लिड गिटार : दीपेश सिंह डङ्गोल र विजय पौडेल

  • बेस : एलाईजर राई

  • ड्रम : राजिव परियार

गीतको शब्द र सङ्गीत ब्यान्ड OURBHET ले नै तयार पारेको हो।

भिडियो क्रेडिट

  • निर्देशन/अवधारणा/पटकथा: वाकाव

  • DOP/सम्पादन/कलर ग्रेडिङ: अनुप राई

  • सहायक क्यामेरा: अङ्कुश नेपाल

  • ड्रोन फुटेज: विजय बी.सी.

  • पोस्टर डिजाइन: वाकाव

  • मेकअप आर्टिस्ट: धीरज ठाकुर

  • मेकअप पार्टनर: न्यू कैचे हेटौंडा

  • निर्माण र यातायात: OURBHET

यो प्रोजेक्टलाई OURBHET का सदस्यहरूका साथीभाइ र परिवारजनले ठूलो सहयोग प्रदान गरेका छन्।

म्युजिक भिडियो यहाँ हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको