PR को लागि SINGLE Formula छैन, Planning जरुरी छ …

PR को लागि SINGLE Formula छैन, Planning जरुरी छ …
नेपालआईज
२४ माघ २०८२ ०:१९

मार्च-अप्रिलको समय अष्ट्रेलियामा अध्ययनरत हजारौं अन्तर्राष्ट्रिय विद्यार्थी, विशेष गरी नेपाली विद्यार्थीहरूका लागि निर्णायक मोडको सुरुवात हो। Student visa समाप्ति नजिकिँदै गएपछि “अब के गर्ने?” भन्ने  चिन्ता बढ्छ। २ हप्तामा 48 घण्टा मात्र काम गर्न पाउने अवस्थाबाट मुक्त भई full-time employment को मौका पाउँदा खुशी लाग्नु स्वभाविकनै हो तर Australia मै बस्ने सोच छ भने यो समय केवल काममा मात्र केन्द्रित गर्नु भविष्यको लागि भूल हुन सक्छ। Temporary Graduate (subclass 485) visa भनेको एउटा golden bridge हो,  यसलाई सही तरिकाले उपयोग गर्न सकेमा स्थायी बसाइसराई (Permanent Residency) को बाटो खुल्छ, अन्यथा २-४ वर्षको अनमोल समय स्वाहा हुनसक्छ।

भिसा 485 पछि PR का लागि केहि उपायहरु

1. भिसा 189

यो सबैभन्दा desirable, तर सबैभन्दा competitive पनि हो। यसले state वा employer को nomination बिनै direct PR दिन्छ। तर अहिलेको क्रम हेर्दा स्थिति यो बाटो चुनौतीपूर्ण छ। तथ्यांक अनुसार  IT (Software Engineer, Developer), Engineering (Civil, Mechanical), र Accountancy को fields मा points threshold 90-100+ छ। केही प्रोफेसनमा १०५ पनि कम हो । तपाईंको points 95+ छ भन्दैमा ढुक्क नहुनुस्, alternative प्लान जरुरी छ जुन तलका निम्न हुन सक्छन् ।

2. भिसा 190

यस भिसाको लागि १८९ को point मा State वा territory ले nominate गरेमा +५ points बढी मिल्छ। Victoria, NSW, WA मा quota धेरै छ, तर demand पनि उत्तिकै high छ। Victoria ले health, education, IT professions मा ध्यान दिएको छ। WA मा construction र mining सम्बन्धित occupations को लागि priority छ। अरू state हरूमा Nursing, Social Work, Teaching जस्ता community-focused profession मा demand रुचाइँदो छ। 189 पछि यो option अर्को योजनामा राख्नु पर्छ ।

3. Subclass 491

यदि points कम छ (65-85) भने, यो सबैभन्दा realistic option हुन सक्छ। State/Regional area को nomination ले +१५ points दिन्छ। 491 प्राप्त गरेपछि, nominated regional area मा ३ वर्ष बसी काम गर्नुपर्छ र त्यसपछि भिसा 191 मार्फत PR मिल्छ । Adelaide, Perth, Tasmania, regional NSW (Newcastle, Wollongong), र Queensland (Gold Coast बाहेक) मा धेरै नेपाली विद्यार्थीले यो बाटो रोजेका छन्। यसले सरकारले regional areas मा population बढाउन प्राथमिकता दिँदैछ भन्ने पनि देखाउँछ। ‘नेपाल त छोडेर आइयो, अब Sydney, Melbourne बाट regional सर्नलाई के आपत्ति’ भन्ने सोच यहाँ जरुरि हुन्छ ।

4.  भिसा 482

यदि कामैबाटै employer ले support गर्न तयार छ भने, यो सीधा बाटो हो। यसबाट २-४ वर्ष यसै काम गर्न पाइन्छ। २ वर्ष employer संग काम गरेपछि  PR 186 मा apply गर्न सकिन्छ। यो points-based competition बाट मुक्त हुने option हो, जुन points कम भएका व्यक्तिको लागि अवसर पनि हो।  हाम्रो समुदायमा धेरै common occupation हरु RN, EN, AIN, Community Worker, Disability Worker, Chef जस्ता पेशाहरुमा employer ले sponsor गरेको धेरै पाइएको छ ।

485  भिसा भनेको केवल “काम गर्न पाउने” phase मात्र होइन, यो PR को लागि आधार जुटाउने strategic planning phase हो। तपाईंको profile, points, र पेसा अनुसार उपयुक्त बाटो रोज्नुहोस् । बेलैमा Skills Assessment गर्नुस्, English, NAATI दिइहाल्नुस्, आजको competitive environment मा केही नगरी केवल “हुन्छ” भनेर पर्खिरहने हो भने, यो २/ ३ बर्षको समय त्यतिकै बित्नेछ र अवसर पनि घट्दै जानेछ।

Subash Mishra

RMA 2519134

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको