क्यानबेरा – अस्ट्रेलिया सरकारले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितहरूको तत्काल उद्धार, मानवीय सहायता र पुनःस्थापना कार्यका लागि ५० लाख अस्ट्रेलियन डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।
अस्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभाग (DFAT) का अनुसार प्रभावित क्षेत्रमा आवश्यक मानवीय तथा कन्सुलर सहायता तीव्र रूपमा परिचालन भइरहेको छ।
आपत्कालीन कन्सुलर सहयोग आवश्यक पर्ने अस्ट्रेलियाली नागरिकले विदेशबाट +61 2 6261 3305 र अस्ट्रेलियाभित्रबाट 1300 555 135 मा सम्पर्क गर्न सक्नेछन्।