एकादेशका चुरौटेहरु : गाउँ-गाउँ डुल्दै चुरा-पोते बेच्नेहरुको कथा

वस्तु विनिमयका लागि कोसौंको यात्रा तय गरेर आउने यी परम्परागत व्यापारीहरु अबका पुस्ताले देख्न पाउँदैनन्, यी इतिहास बनिसकेका छन् । यस्तै, इतिहासमा सीमित भएको एउटा व्यावसायिक समूह हो ‘चुरौटे’, जो केही दशक अघिसम्म पूर्वी एवं मध्ये नेपालमा सौन्दर्य प्रशाधनका ‘दूत’थिए ।
जतिबेला पाइला पाइलामा सौन्दर्य सामग्रीको बिक्री हुँदैन’थ्यो । त्यतिबेला घरघरमा सुन्दरताको सामान पुर्याउने यी चुरौटेको परम्परागत पेसालाई पछिल्लो पुस्ताले आत्मसाथ गर्न सकेन । गाउँगाउँमा सौन्दर्य सामग्री पुर्याउँदै हिँड्ने चुरौटेको कथा यतिबेला सुन्दा अनौंठो र रोचक लाग्छ । जतिबेलाको समाजमा महिलाहरुले खुलेर सौन्दर्य प्रशाधनको प्रयोग गर्न पाउँदैन’थे, त्यतिबेला गाउँमा सौन्दर्य चेत जगाउने यो समुदाय कहिले र कसरी हराए होलान् ?
सजिलो थिएन श्रृंगार
कुरा २०४६ सालभन्दा अगाडिको हो । पूर्वी नेपालमा महिलाहरुलाई श्रृंगारका सामग्रीहरु लगाउनको लागि सामाजिक बन्देजहरु थिए । विशेष समारोहबाहेक अरु बेलामा त्यस्ता श्रृंगारका सामग्री लगाएर हिँड्यो भने समाजले ‘गुण्डी भएर हिँडी’ भनेर हेयभावले हेर्ने गरेको पाँचथरका पत्रकार देवेन्द्र साम्बाहाम्फे बताउँछन् । त्यो पुरातन समाजमा गाउँगाउँमा सौन्दर्य चेत जगाउँदै हिँड्ने चुरौटेहरु कसरी यो व्यवसायमा जोडिए होलान् ?
हिउँदमा धानबाली भित्र्याएपछि ठाउँठाउँमा लाग्ने हाट बजारहरुमा सामान किन्न स्थानीयको भिड लाग्थ्यो । त्यस्ता बजारहरु सामान्यतः १५ दिनमा एकपटक बस्ने गथ्र्याे । कुन तिथिमा बजार बस्ने भन्ने आधारमा बजारको नाम नै राखिन्थ्यो । हाटबजारमा किन्ने बेच्ने भन्दापनि सामान साटफेरको चलन बढी थियो ।
हाट लाग्नुभन्दा केही दिन अघिदेखि गाउँघरमा चुरौटेहरु देखिन्थे । उनीहरु घरघरमा सौन्दर्य सामग्रीहरु बेच्दै हिँड्थे । अन्तिममा बजार लाग्ने दिन बजारमा सामान बेचेपछि उनीहरु फर्किन्थे । सामान्यतयाः चुरौटेहरु ३/४ जनाको समूह हिँड्थे । दिनभरि फरक ठाउँमा विकेन्द्रिकृत भएर गाउँभरी डुल्नु र साँझ परेपछि सबै एकै ठाउँमा भेला भएर बस्नु उनीहरुको विशेषता थियो । यो सुरक्षाको लागि पनि थियो । उनीहरु सामान बिक्री भएपछि रुमालमा पोको पारेर पैसा राख्ने गर्थे । रुमालमा पैसा राखेर धेरै पटक पट्याएर यसको सुरक्षा गर्नु उनीहरुको विशेषता थियो ।