अष्ट्रेलिया डे अवसरमा मानसिक स्वास्थ्यका अभियन्ता भरत नेपाललाई ओएएम सम्मान

अष्ट्रेलिया डे अवसरमा मानसिक स्वास्थ्यका अभियन्ता भरत नेपाललाई ओएएम सम्मान
नेपालआईज
१२ माघ २०८२ २३:३६

सिड्नी/ अष्ट्रेलिया डे (जनवरी २६) को अवसरमा सार्वजनिक गरिएको Australia Day Honours List अन्तर्गत नेपाली समुदाय र मानसिक स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका भरत नेपाललाई ‘अर्डर अफ अष्ट्रेलिया मेडल (OAM)’ प्रदान गरिएको छ।

भरत नेपाल सन् २०१२ देखि अष्ट्रेलियन नेपाली पब्लिक लिङ्क इन्क (Australian Nepali Public Link Inc) का संस्थापक अध्यक्ष हुन्। हाल पनि उनी संस्थाको सार्वजनिक अधिकृत तथा सल्लाहकारका रूपमा सक्रिय छन्। नेपाली समुदायको आवाज उठाउने, नीति निर्माणमा समुदायको पहुँच बढाउने र मानसिक स्वास्थ्यप्रति सचेतना फैलाउने काममा उनी निरन्तर संलग्न छन्।

स्वास्थ्य क्षेत्रमा उनले सन् २००३ देखि न्यू साउथ वेल्स हेल्थसँग विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्। स्वास्थ्य शिक्षा अधिकृत, मानसिक स्वास्थ्य प्राथमिक सहायता प्रशिक्षक, परामर्शदाता, अनुसन्धानकर्ता तथा अभियन्ताका रूपमा उनले विशेष गरी आप्रवासी र दक्षिण एशियाली समुदायमा मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तारमा योगदान दिएका छन्।

सन् २०२४ मा वेस्टर्न सिड्नी विश्वविद्यालयमा आयोजित दक्षिण एशियाली आत्महत्या रोकथाम शिखर सम्मेलनका सह–संयोजकसमेत रहेका नेपाल ‘जस्टिस अफ द पीस’को भूमिकामा पनि कार्यरत छन्।

अष्ट्रेलिया डे अवसरमा प्रदान गरिएको यो ओएएम सम्मानले नेपाली समुदायको सामाजिक सेवा, स्वास्थ्य र मानसिक स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानलाई राष्ट्रिय स्तरमै चिनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर