समाज सेवामा कहिल्यै नथाक्ने रामको कथा 

समाज सेवामा कहिल्यै नथाक्ने रामको कथा 
नेपालआईज
२ वैशाख २०७९ ३:४०

मेरो घर पर्बत । बाल्यकालबाटै साँगितिक माहौल मन पराउने म गाउँघरमा रोधी गाईन्थ्यो । गाउँघरमा मनाईने बिभिन्न चाडपर्बहरूमा प्राय प्रस्तुति दिन मन पराउने म पढाईको सिलसिलामा क्याम्पसमा पनि पढाईको अलावा साँगितिक यात्रामा केहि दौडधुप गरेँ । क्याम्पस पढ्दाखेरि शम्भु राई, राजन राई, जेबी टुहुरे, जीवन शर्माका, साम्दे शेर्पाका गीतहरूबाट प्रभावित भएर धेरै गीतहरू खोजिखोजि सुन्ने गर्थें ।

४६ सालको जन आन्दोलनमा बाजागाजा बोकिओईरी गाउँको साँस्कृतिक टोलि लिएर कुना काप्चा चाहारिईयो । आफ्नो जिवनलाई अचानोको भरमा राखेर एउटा सँगितको माध्यामबाट जनताको घरदैलो चाहारेर जनचेतना फैलाउन हिँडियो । 

कति ठाउँमा सम्मान पाईयो भने कति ठाउँमा अपमान पनि सहनुपर्यो । भलै हरेस नखाईकन लगातार हिडियो देशमा प्रजातन्त्र पनि आयो अनि टाठाबाठाहरूले स्थान ओगटे । हामीजस्ता जसले रातदिन आफ्नो घरपरिवार, पढाई, जागिर सबथोक त्यागेर हतियार हुनेले हातमा हतियार, कलम हुनेले कलम, कलाकारहरूले गीत, नाटक र सँगितको माध्यामबाट गाउँका कुनाकाप्चासम्म जनचेतना फैलाउँदै हिड्यौँ । 

हङकङमा सिकेको सिप 

देशमा प्रजातन्त्रले सबैको जिवनमा परिवर्तन ल्यायो तर कलाकारहरूको कहिल्यै परिवर्तन ल्याउन सकेन । त्यसैले फेरि फर्केर पढ्न जाउँ त गाह्रो हुने अनि काम गरूँत भनेजस्तो पारिश्रमिक नपाईने, त्यसैले लागियो हङकङतिर १९९४ मा हङकङ आईयो । जब हङकङको ब्यस्त जीवनसँग समय सापेक्ष घुलमिल हुँदै गएँ अनि जीवनमा निकै परिवर्तन भएको महसुस हुन थाल्यो । 

सामाज सेवा

ब्यस्त शहरमा फेरि लागियो सामाजिक सेवा गर्न । आफ्नो समग्र जिल्लालाई समेट्ने गरि एउटा सँस्था गठन गर्ने निधो गरियो । जसको नाम पर्वत पैंयूखोला समाज हङकङ नामाकरण गरियो । त्यसको सँस्थापक अध्यक्ष भएर आफ्नो कार्यकाल लगातार ४ कार्यकाल अर्थात ८ बर्ष अनवरत रूपले काम गर्ने अवसर पाएँ ।  

जुनबेला हङकङमा दुईवटा मात्र पुरानो नेपाली सँस्था फियोना र गुरूङ समाज हङकङ मात्र थियो । न्यू कमरहरूलाई काममा लगाईदिने, आफ्नै घरमा ल्याएर आईडी नबनुनजेलसम्म दुईचार महिना आश्रय दिने पनि गरेँ । बिस्तारै आफ्नो जिल्लाबासीहरूको बाहुल्यता बढ्दै गयो ।

लगभग २०० ३०० सदस्य भएको ठुलो सँस्था भयो जसलाई हङकङ सरकारको बैधानिक बिभागमा पनि दर्ता गराईयो । आजका दिनसम्म सँस्थाले अग्र गति लिईरहेकोमा म अत्यन्तै खुशि छु ।

सेक्युरिटी गार्ड देखि सुरुङ् निर्माण सम्म 

हङकङमा सुरूमा मैलै आएकै भोलिपल्टबाटै टेम्पोरेरी सेक्युरिटी काम गरेँ । तिनमहिना पछि निर्माणाधिन काममा लागियो जहाँ राम्रो आम्दानी हुने रैछ । जब काम गर्दै जाँदा हङकङको नयाँ एअरपोर्ट बनाउने काममा लागियो त्यसपछि धेरै नेपालीहरूको बाहुल्यता बढ्दै गयो अनि म कामकै सिलसिलामा सुरूङको कामतिर लागेँ । जहाँ धेरै पैसापनि पाईने तर खत्रा पनि बढि हुने पेशातिर मन गयो । जब अनुभवहरू बटुल्दै गएपछि पदोन्नति पनि भयो । 

वेलायतको बसाई 

समय बित्दै जाँदा २००६ तिर युके स्थानान्तरण गर्ने निधो गरियो र लागेँ । युकेको एकबर्षको बसाईमा परिवारलाई त्यति सन्तोषजनक लागेन। पछि कामकै सिलसिलामा मैले ८ बर्ष काम गरेको अष्ट्रेलियन कम्पनिले कामको अफर दियो ।सन्जोक पनि ठ्याक्ककै मिलेको बच्चाहरूले युके मन नपरिरहेको बेला अफर स्विकारेँ ।” 

अस्ट्रेलियाको यात्रा 

२००८ मा अष्ट्रेलिया एक्लै आएँ । ”जब म यहाँ आएँ नेपालीहरू मेरो सम्पर्कमा नभएकोले केहि समय गाह्रो भयो । पछि युकेबाट पनि परिवार आएपछि सामान्य नै लाग्यो । कामको सिलसिलामा सँधै ब्यस्त भईयो । बाहिरी माहौलसँग खासै परिचित भईएन । बिस्तारै साथिभाईहरू परिचित हुँदै गएपछि माहौल अलि फरक भयो अनि बिस्तारै सम्पर्कहरू बढ्दै गयो ।” 

''२०१८ मा नेप्लीज एशोसियसन अफ् भिक्टोरियाको कार्यसमितिमा बस्ने निधो गरेँ । काम गर्दै जाँदा साथिहरूले अगाडी बढ्नुस भन्ने सुझाए र अहिले म यो सँस्थाको एउटा गरिमामय पदमा रहेर काम गरि रहेकोछु ।'' 

मेरो काम गराईको तरिका अलि भिन्न छ । जिम्मेबारी नलिने तर लिएपछि पुरा गर्ने स्वभावको छु । ”बोलेको कुरो गरिहाल्ने स्वभावको भएर पनि होला कतिलाई राम्रो लाग्ला कतिलाई नराम्रो । जे गरेकोछु राम्रै गरेकोछु जस्तो लाग्छ । मुल्याँकन गर्ने मैले हैन आम जनमानसले हो ।” 

राम गुरुङ्, नेप्लिज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष हुनुहुन्छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको