अस्ट्रेलिया ।
वेस्टप्याक बैंकले एक महिनाभित्रै तेस्रो पटक फिक्स्ड ब्याजदर बढाएको छ ।यस अघि एक र दुई वर्षेको दर १.९९ प्रतिशत थियो तर अब यो २.२४ प्रतिशत पुगेको छ जुन २५ आधार बिन्दुको वृद्धि हो । अझ तीन वर्षे दरमा अझै बढेको छ, जुन २.५९ प्रतिशत बृद्धि हुदै ३० अंकको आधार विन्दु पुगेको छ ।
चारवर्षे र पाँचवर्षे पनि २० र १० विन्दुले बढ्दै २.८९ प्रतिशत र ३ं.०९ प्रतिशत पुगेको छ । वेस्टप्याकको यो वृद्धिले केवल एनएबिलाई चार ठूला होल्डआउटको रुपमा छाड्छ यसको sub-2% rate–२ प्रतिशत छ । एनएबिको एक वर्षको फिक्स्ड दर १.९९ प्रतिशतमा अडकिएको छ ।
वेस्टप्याकको दुई वर्षको फिक्स्ड दर अन्य प्रमुख ऋणदाता भन्दा सस्तो हुन्छ जुन उनीहरुको तीन वर्षे हुन्छ । वेस्टप्याकका सहायक बैंकहरु सेन्ट जर्ज, बैंक अफ मेलवर्न र बैंकएसएले पनि मुख्य बैंक सरह आफ्नो दर बढाएका छन् । विगत एक महिनामा वेस्टप्याकको यो तेस्रो दर वृद्धि हो, उनीहरुले आफ्ना सबै फिक्स्ड दरहरु एक वर्षभन्दा माथि समान १० आधार विन्दुद्धारा तीन हप्ता अघि मात्र नगदर दर निर्णण अघि बढाएको थियो, त्यसपछि आरविएले सन् २०२४ सम्मका लागि लक्ष्य रोकेपछि वेस्टप्याकले आफ्नो लामो समयको दर बढाएको थियो ।
ठूला चारवटै बैंकहरुले आफ्नो दर कैयौ पटक बढाएका छन् । सिविए, एनएबि, एएनजेडले दुई तथा वेस्टप्याकले तीन पटक बढाएको हो ।