१२ नेपाली महिलालाई बेचबिखन गरेको अभियोगमा क्यानाडाका जेठालाई ३० वर्षको जेल सजाय

१२ नेपाली महिलालाई बेचबिखन गरेको अभियोगमा क्यानाडाका  जेठालाई ३० वर्षको जेल सजाय
नेपालआईज
१२ मंसिर २०७८ ६:३६

अस्ट्रेलिया । 

१२ नेपाली महिलालाई केन्यामा बेचबिखन गरेको अभियोगमा क्यानाडाका एक व्यापारीलाई ३० वर्षको जेल सजाय सुनाइएको छ ।

क्यानाडाका व्यापारी असिफ अमिराली अलिभाई जेठालाई मोम्बासाको अदालतले मानव बेचबिखनको अभियोगमा ३० वर्षको जेल सजाय सुनाएको हो ।

जेठालाई तीनवटा अभियोगमा दोषी ठहर गरिएको थियो । नेपाली मूलका १२ महिलाको बेचबिखन, मानव बेचबिखनलाई बढाएको तथा यात्रा कागजातमा हस्तक्षेप गरेको अभियोगमा उनी दोषी ठहर भएका हुन् ।

उनलाई पहिलो अभियोगमा ३० वर्ष, दोस्रोमा २० र तेस्रोमा १० वर्षको सजाय सुनाइएको छ । ती सबै सजाय संगसंगै चल्नेछन् ।उनलाई विभिन्न आरोपमा ११ लाख रुपैया समेत जरिवाना तोकेको छ ।

जेठाले नेपाली युवतीहरुलाई धोका दिएर शोषण गर्ने नियतले कब्जामा लिएको अदालतले सुनाएको छ । सन् २०१९ मा मोम्बासाको न्यालीस्थित अमके प्लाजामा रहेका जेठाको रंगीला ग्रिल एण्ड बारमा ट्रान्सनेशनल अर्गनाइज्ड क्राइम युनिटका गुप्तचरहरुले छापा मारेर १२ जना महिलाहरुलाई उद्धार गरेका थिए ।

उनीहरुलाई केन्यामा डान्सर र मनोरञ्जका कामका लागि बेचबिखन गरिएको थियो । उनीहरुमा दुई जना १६ वर्ष तथा १७ वर्षका बालिका रहेका थिए भने आठ जना २२ देखि २६ वर्ष तथा दुई जना ३० वर्ष भन्दा माथिका थिए ।

एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको