काठमाडौं ।
नेपाल सरकारको नियम अनुसार अस्ट्रेलिया तथा अन्य देशबाट नेपाल फर्कँदा व्यक्तिगत प्रयोगको ट्याब्लेट वा ल्यापटप र मोवाइल फोन एक – एकथान मात्र लिएर जान पाइन्छ ।
तर सोभन्दा बढी ल्याएमा भन्सार महसुल लाग्ने छ । भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी मिति २०७० जेठ १५ गतेदेखि लागू हुने गरी नेपाली सरकारले यस्तो निर्णय गरेको छ ।
यता व्यक्तिगत प्रयोगको मोबाइल फोन पनि केवल एक वटा ल्याउन पाइने नियम रहेको छ । सो भन्दा बढी भएमा भन्सार महसुल तिर्नुपर्ने हुन्छ । त्यसै गरी, व्यक्तिगत प्रयोगको सुनको गहना ५० ग्रामसम्म मात्र ल्याउन पाउने नियम रहेको छ ।
५० ग्राम भन्दा थप २०० ग्रामसम्मको सुनका गहनालाई भन्सार महसुल लिई जाँच पास गर्न सकिने भए पनि सोभन्दा बढी परिमाणका सुनका गहना ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने व्यवस्था रहेको छ ।
व्यक्तिगत प्रयोगका सुनका गहना बाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम १०० ग्रामसम्मलाई भन्सार महसुल लिई जाँच पास गर्न सकिने भए पनि त्यसभन्दा बढी परिमाणको सुन ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने व्यवस्था रहेको छ ।
त्यस्तै, मदिरा एक लिटरसम्मको बोतल केवल एउटा ल्याउन पाइनेछ तर सो भन्दा बढी भए जफत हुने नियम रहेको छ ।
थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।