क्यानवेरा । अस्ट्रेलियाका लाखौ नागरिकको बैंक खातामा संघीय निर्वाचन अघि नै जीवनयापनको भुक्तानीस्वरुप २ सय ५० डलर जम्मा हुने भएको छ । तर यो बोनसका लागि भने सबै व्यक्ति भने योग्य छैनन् ।
६० लाख भन्दा बढी अष्ट्रेलियन नागरिकले जीवनयापनको बढ्दो लागतको दबाबलाई कम गर्न संघीय सरकारबाट उक्त रकम प्राप्त गर्नेछन् ।
उक्त भुक्तानी कोषाध्यक्ष जोस फ्राइडेनबर्गले संघीय बजेटमा घोषणा गरेको १.५ बिलियन डलर बराबरको प्याकेजको हिस्सा हो र यो बुधबारदेखि न्यून आय भएकाहरूको बैंक खाताहरूमा पठाइनेछ ।
फ्राइडेनबर्गले ६० लाख भन्दा बढी अष्ट्रेलियनले उक्त रकम प्राप्त गर्ने जनाए । रकम बैंक खातामा पठाइएपछि प्रापकलाई इमेल पठाइने छ ।