अस्ट्रेलियामा नेपाली भाषाको समाचार अनलाइन ‘नेपाल आईज’ को शुभारम्भ हुँदै

अस्ट्रेलियामा नेपाली भाषाको समाचार अनलाइन ‘नेपाल आईज’ को शुभारम्भ हुँदै
नेपालआईज
१७ वैशाख २०७९ ६:५५

अस्ट्रेलिया । तास्मानियाको लनचेस्टनमा बासका लागि सङ्घीय सांसद ब्रिजेट आर्चरद्वारा अस्ट्रेलियाको सामुदायिक अनलाइन नेपाल आइज डटकम डट एयुको शुभारम्भ हुँदै छ ।

अनलाइन शुभारम्भ कार्यक्रम लनचेस्टको माउव्रे होटेलमा आइतबार साँझ  पाँच बजे हुँदै छ । कार्यक्रममा सांसद आर्चर सहित समुदायका अगुवाहरूको उपस्थिति रहनेछ । कार्यक्रम  नेपाली सोसाइटी अफ तास्मानियाका अध्यक्ष खगेन्द्र सत्याल नेपाली सोसाइटी अफ नदर्न तास्मानियका अध्यक्ष प्रशान्त खनाल र नेपाली भाषी भुटानी समुदायका प्रतिनिधिहरूले  कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुने छ ।  सांसद आर्चरले नेपाल आजको प्रोमो प्ले गरेपछि अनलाइन तपाँइहरुको पहुँचमा पुग्नेछ ।

नेपाल आईजको बारेमा

सन् २०२१ मा  स्थापना भएको नेपाल आइज मल्टिकल्चरल मिडिया अस्ट्रेलियामा द्वारा नेपाल आइज डटकम डट एयु सञ्चालन हुनेछ ।   हाम्रो मूल उद्देश्य सञ्चारको माध्यमबाट समुदायलाई जोड्नु हो । भाषा,संस्कृति र भावी पुस्ताको लागि हामी पत्रकारिता मार्फत अस्ट्रेलियाको नेपाली समुदायमा समाज सेवा गर्नै मुख्य उद्देश्य हो ।

हाम्रो टिम 

यो समाचार अनलाइनको सिइओ छत्र शंकर हुन भने समाचार सम्पादक प्रतीक सिग्देल लगायतको टिम रहेको छ । अङ्ग्रेजी सम्पादक मनोज राज हुन भने मल्टिमिडिया  प्रमुखमा विदुर दाहाल र रिजेश तण्डुकार रहेका छन् । हामी मल्टिमिडिया सम्बन्धी सबै  क्षेत्रहरूमा सेवा दिनेछौ । हामीले दिने मल्टिमिडिया सम्बन्धी सुविधाहरूमा  स्तरीय र आधुनिक प्रविधिको प्रयोग हुनेछ ।  

समाचारमा फरक स्वाद

यो समाचार पोर्टलमा अस्ट्रेलियाबाट सञ्चालित अन्य समाचार पोर्टल भन्दा केही फरक र व्यवसायीक पत्रकारिताको सुरुवात गर्नेछौ । हामी समाचारमा नयाँ स्वाद लिएर उपस्थित भएका छौ । हाम्रो समाचार पोर्टल, नेपाली र अङ्ग्रेजी संस्करणमा हुनेछ । हामी भिडियो र पोडकास्ट मार्फत नेप्लिज अस्ट्रेलियन तथा अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली र नेपाली भाषीको हरेक गतिविधिलाई समेट्ने प्रयास गर्नेछौ । व्यावसायिक पत्रकारिता गर्नु नै हाम्रो मुलधर्म कर्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको