Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
लञ्चेस्टन । अस्ट्रेलियाबाट सञ्चालन हुने नेपाल आइज मल्टिकल्चरल मिडियाको विधिवत उद्घाटन आइतबार सम्पन्न भएको छ । लञ्चेस्टनकी सांसद तथा अस्ट्रेलियाको आसन्न स्थानीय निर्वाचनमा बास निर्वाचन क्षेत्रकी उम्मेदवार ब्रिजेट आर्चरले भिडियो सम्पादकीय बजाएर उक्त मिडियाको उद्घाटन गरेकी हुन् ।
उक्त मिडियाका सम्पादक प्रतीक सिग्देलले सञ्चालन गरेको कार्यक्रममा लञ्चेस्टन लगायत डेभनपोर्टबाट प्रतिनिधित्व गर्ने विभिन्न सामाजिक अभियन्ताहरुले अनलाईन मिडियाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
लञ्चेस्टनका सामाजिक अभियन्ताद्वय नवराज मुडवरी र प्रेम भट्टराई, डेभनपोर्टबाट देव सापकोटा, चेतन कँडेल लगायत लस्चेस्टन नेपाली सकर क्लबका अध्यक्ष सन्तोष आचार्यले मिडियाको सफलताको शुभकामना व्यक्त गर्दै उक्त मिडियाले अस्ट्रेलियाका विभिन्न क्षेत्रमा रहेका नेपाली समुदाय र स्थानीय समुदायबीच पूलको काम गर्नुपर्ने सुझाव दिएका थिए ।
साथै वर्तमान सांसद तथा आगामी निर्वाचनकी वास क्षेत्रकी उम्मेदवार ब्रिजेटले तास्मानियामा नेपालीहरुको संख्या वृद्धि हुँदै गएको र तास्मानियाको समग्र आर्थिक, सामाजिक तथा भौतिक विकासमा नेपालीहरुले खेलेको भूमिका सराहनीय भएको बताइन् ।
उनले नेपाली समुदायको कला सँस्कृतिको सम्वद्र्धन र प्रचार गर्न तथा नेपालीहरुको सकृय सहभागिता रहेका खेलकुद लगायतका अन्य क्षेत्र विकासमा आफ्नो साथ सहयोग रहने प्रतिवद्धता जाहेर गरिन् ।
उक्त कार्यक्रममा नेपाल आइज मिडियाका सिइओ छत्र शंकरले उक्त मिडयाको मिसन, भिजन तथा कार्यक्षेत्रको बारेमा व्याख्या गरेका थिए ।