अन्तर्राष्ट्रिय झापाली समाजको नयाँ कार्यसमिति; अस्ट्रेलियाबाट उपाध्यक्षमा दिपक चुडाल, सचिव,अजय राजबंसी र संयोजकमा उमेश पोख्रेल निर्वाचित

अन्तर्राष्ट्रिय झापाली समाजको नयाँ कार्यसमिति; अस्ट्रेलियाबाट उपाध्यक्षमा दिपक चुडाल, सचिव,अजय राजबंसी र संयोजकमा उमेश पोख्रेल निर्वाचित
नेपालआईज
२४ वैशाख २०७९ ८:१६

सिड्नी । अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा दिपक प्रसाद ओली र उपाध्यक्षमा अस्ट्रेलियाका दिपक चुडाल सहितको नयाँ टिम निर्वाचित भएकाे छन् ।

अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो महाधिवेशनले इजरायलका दिपक प्रसाद ओली  सहित विभिन्न देशहरुबाट प्रतिनिधित्व रहेको नयाँ कार्य समिति गठन गरेको छ । अस्ट्रेलियाबाट  समाजको केन्द्रीय उपाध्यक्षमा दिपक चुडान, सचिव, अजय राजबंसी र संयोजकमा उमेश पोख्रेल निर्वाचित भएका छन् ।  

त्यसैगरी बरिष्ट उपाध्यक्ष मुकुन्द ढुंगाना (अमेरिका) रहेका छन् भने  उपाध्यक्ष महेन्द्र चम्लागाई (कतार), महासचिब,नगेन्द्र प्रसाद पोख्रेल, नविन (कतार) रहेका छन् ।

त्यसैगरी  संयोजकहरुमा प्रदिप तिम्सिना (अमेरिका), चुडामणि कार्की (कतार, मध्यपूर्व), ललित न्यौपाने (युके, युरोप) छन्  सह संयोजकहरु प्रसन्ना सङ्ग्रौला (अमेरिका) र सदस्यहरुमा तुलशी प्रसाद सिवाकोटी (जर्मनी), रबिन गिरि (साउदी अरेबिया), अर्क राज तिम्सिना (युके), चनिलाल राजबंशी (कतार) निर्वाचित भएका हुन् ।

मे ६ मा सम्पन्न अन्तर्राष्ट्रिय झापाली समाजको तेश्रो भर्चुअल अधिवेसनबाट अध्यक्ष सहित नयाँ कार्य समिति निर्वाचित भएको भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको