प्रधानमन्त्री अल्बानीजलाई देउवाको बधाई सन्देश, सहकार्य गर्न तयार 

प्रधानमन्त्री अल्बानीजलाई देउवाको बधाई सन्देश, सहकार्य गर्न तयार 
नेपालआईज
९ जेठ २०७९ १४:०५

क्यानबेरा । प्रधानमन्त्री शेरबहादुर  देउवाले अस्ट्रेलियाका नवनियुक्त प्रधानमन्त्री एन्थोनी  अल्बानीजलाई शपथ लिएकै दिन  बधाई तथा शुभकामना दिएका छन्। देउवाले सामाजिक सञ्जाल  ट्विटरमा बधाई दिँदै भनेकाछन, ‘अल्बो’को कार्यकालमा नेपाल र अस्ट्रेलिया  बिच अपासी सम्बन्ध प्रगाढ बनाई सहकार्य गर्न नेपाल सरकार तयार छ ।’

अल्बानीजलाई  विश्वभरबाट बधाई आउने क्रम जारी 

अमेरिकी राष्ट्रपति जो बाइडेनले अस्ट्रेलियाका नवनियुक्त प्रधानमन्त्री एन्थनी अल्बानिजलाई बधाई दिएका छन् । राष्ट्रपति बाइडेनलेअमेरिका-अष्ट्रेलिया गठबन्धनप्रतिको अमेरिकाको दृढ प्रतिबद्धता र नयाँ सरकारलाई अझ बलियो बनाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । बाइडेनले टोकियोमा हुने क्वाड सम्मेलनका क्रममा अल्बानिजलाई समेत भेट्ने भएका छन् । 

यता बेलायती प्रधानमन्त्री बोरिस जननसोले अल्बानिजलाई बधाई दिँदै स्वतन्त्र व्यापार सम्झौता, एयूकेयूएस साझेदारी र बेलायती अस्ट्रेलियन जनताबिचको अतुलनीय निकटताको प्रतिफल प्राप्त गर्नका लागि सँगै काम गर्न तत्पर रहेको बताए । 

यता पूर्व प्रधानमन्त्री स्कट मरिनसँग निकट सम्बन्ध भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अल्बानिजलाई बधाई दिएका छन् । 

सोलोमन आइल्यान्डका प्रधानमन्त्री मानासेह सोगाभारेले उनलाई बधाई दिँदै दुई देशबिचको सम्बन्धमा थप काम गर्न बाँकी रहेको बताए। उनले अस्ट्रेलियाले सोलोमनलाई गरेको आर्थिक, स्वास्थ्य तथा सुरक्षाको क्षेत्रमा गरिरहेको सहयोगप्रति आभार व्यक्त गरे ।

फिजीका प्रधानमन्त्री फ्रान्स बैनिमारामाले अल्बानिजलाई बधाई दिँदै उनको जलवायुको योजनाको स्वागत गरे । 

न्युजिल्यान्डका प्रधानमन्त्री जासिन्डा आर्डेनले दुई देशले सँगै मिलेर काम गर्ने तथा सम्बन्धलाई थप मजबुत बताउने बताइन् ।

क्यानाडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले अल्बानिजलाई बधाई दिँदै मरिसनलाई अस्ट्रेलिया र क्यानाडाबीचको पुरानो सम्बन्धका लागिधन्यवाद दिए । उनले अल्बानिजसँग दुई देशको सम्बन्ध थप सुधारका लागि काम गर्न तयार गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर