भिक्टोरियाको ‘प्रोफेसनल इन्जिनियर अफ द इयर २०२६’ अवार्डमा नेपाली डा. तिलक पोखरेल मनोनित

भिक्टोरियाको ‘प्रोफेसनल इन्जिनियर अफ द इयर २०२६’ अवार्डमा नेपाली डा. तिलक पोखरेल मनोनित
नेपालआईज
२४ भदौ २०८३ ७:५०

मेलबर्न — नेपाली मूलका स्ट्रक्चरल इन्जिनियर डा. तिलक पोखरेल इन्जिनियर्स अस्ट्रेलियाको ‘भिक्टोरिया प्रोफेसनल इन्जिनियर अफ द इयर २०२६’ अवार्डका लागि मनोनित भएका छन्।

स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजीमा वरिष्ठ प्राध्यापक रहेका डा. पोखरेल संरचनात्मक इन्जिनियर, अनुसन्धानकर्ता तथा उद्योग क्षेत्रका विज्ञ हुन्। उनी विशेषगरी कङ्क्रिट संरचनामा प्रयोग हुने जडान तथा एङ्करिङ प्रणालीसम्बन्धी अनुसन्धान र प्राविधिक अभ्यासमा सक्रिय छन्।

उनी एईएफएसीमा अनुसन्धान तथा प्राविधिक व्यवस्थापकका रूपमा पनि कार्यरत छन्। इन्जिनियर्स अस्ट्रेलियाका अनुसार डा. पोखरेलले अस्ट्रेलियाली मापदण्ड ‘एएस ५२१६’ निर्माणमा योगदान दिनुका साथै ५०० भन्दा बढी प्राविधिकलाई तालिम दिएका छन्।

उनी अस्ट्रेलियाली तथा अन्तर्राष्ट्रिय प्राविधिक समितिमा समेत आबद्ध छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको