प्रियंका रानी जोशी बनिन् सन् २०२२ को मिस नेपाल

प्रियंका रानी जोशी बनिन्  सन्  २०२२ को मिस नेपाल
नेपालआईज
४ असार २०७९ २३:०७

काठमाडौँ / यस वर्षको मिस नेपाल २०२२ को ताज २४ वर्षीया प्रियंका रानी जोशीले जितेकी छन् । शनिबार ललितपुरमा आयोजित विशेष समारोहमा आयोजक द हिडन ट्रेजरुले विजेताको रुपमा जोशीको नाम घोषणा गरेको हो । प्रतिस्पर्धामा सहभागी अन्तिम २४ मध्ये काठमाडौंकी प्रियंका उत्कृष्ट सावित भएकी हुन् ।

त्यसैगरी मिस नेपाल अर्थको ताज सरिशा श्रेष्ठले जितेकी छन् भने मिस नेपाल इन्टरनेसनलको ताज न्यान्सी खड्काले जितेकी छन् ।

ललितपुरको गोदावरीमा आयोजित विशेष समारोहमा विजेता जोशीलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिएकी थिइन् ।

मिस नेपाल २०२२ का लागि आकृति शाह, आस्रुति सुवेदी, आयुस्नोभा ढुंगाना, ऐश्वर्य शाही ठकुरी, अनुश्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बास्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ अन्तिम २४ को प्रतिस्पर्धीको रुपमा छानिएका थिए ।

कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको यस प्रतियोगिता यस वर्ष भने सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको