क्यानबेरा । जुलाई ६ अर्थात् तारिखदेखि अस्ट्रेलियामा यात्रा गर्दा वा अस्ट्रेलिया बाहिर जाँदा कोभिड-१९ विरुद्धको खोप लगाएको प्रमाण देखाउनु नपर्ने भएको छ ।
अस्ट्रेलियन सरकारले आइतबार यसबारे निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै अस्ट्रेलियाबाट बाहिरिने र अस्ट्रेलिया आउने यात्रुलाई सहज भएको छ । चीफ मेडिकल अफिसरको सल्लाह अनुसार बायो सेक्युरिटी एक्ट २०१५ लाई संशोधन गर्ने निर्णय गरिएको हो ।
तर यात्रुहरूले अझै पनि एयरलाइन्स र अन्य देश, राज्य र क्षेत्रहरूको नियमको पालना गर्नुपर्नेछ । कोभिड भ्याक्सिन प्रमाणपत्र नभए पनि उडानहरूमा मास्क लगाउनुपर्नेछ छ भने घरेलु उडानहरूमा मास्क अनिवार्य गर्ने राज्य र क्षेत्रीय आदेशहरू पनि यथावत् रहनेछन् ।