लञ्चेस्टन नेपाली क्रिकेट क्लबको अध्यक्षमा श्रेष्ठ पुन: निर्वाचित

लञ्चेस्टन नेपाली क्रिकेट क्लबको अध्यक्षमा श्रेष्ठ पुन: निर्वाचित
नेपालआईज
२२ असार २०७९ २:५१

तास्मानिया । लञ्चेस्टन नेपाली क्रिकेट क्लबको तेश्रो बार्षिक साधारण वैठक गत आइतबार सम्पन्न भएको छ । वैठकले रामकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कमिटि पनि गठन गरेको छ ।
क्लबको अध्यक्षको रुपमा श्रेष्ठको यो तेश्रो कार्यकाल हो ।
त्यस्तै क्लबको उपाध्यक्षमा आनन्द अर्याल, सचिवमा सन्तोष शर्मा, ट्रेजररमा साहिद खान, म्यानेजरमा पोषण कोइराला निर्वाचित भएका छन् । त्यस्तै, जेरी क्षेत्री, सरोज अर्याल र पारस घिमिरे सदस्यमा चयन भएका छन् ।
कार्यक्रमकी प्रमुख अतिथि तास्मानियाको बास क्षेत्रकी सांसद ब्रिजेट नेपाली क्रिकेट क्लबले समग्र तास्मानियाको क्रिकेट क्षेत्रको विकासका लागि गरेको योदगानको प्रशंसा गर्दै आगामी दिनमा पनि थप सहयोग गर्दै जाने बताइन् ।
ब्रिजेट नेपाली क्रिकेट क्लबको मुख्य स्पोन्सर पनि हुन् ।
साथै उक्त कार्यक्रममा विभिन्न विधामा अब्बल प्रदर्शन गरेका खेलाडीहरुलाई अवार्ड वितरण गरिएको थियो ।
ग्रेड ए खेल्ने सञ्जय सागरलाई म्यान अफ द सिरिजको अवार्डले पुरस्कृत गरियो भने, बेस्ट ब्याट्सम्यानको अवार्ड आशिष चन्द ठकुरीले पाए । त्यस्तै, रुपेश पराजुली, विजय कुमार उपाध्याय र पारस पौडेलले क्रमश: बेस्ट बलर, अलराउण्डर र इमर्जिङ प्लेयरको अवार्ड हात पारे ।
त्यसैगरी ग्रेड बि खेलेका आनन्द अर्याललाई प्लेयर अफ द सिरीजको अवार्ड दिइयो । हितेश सिंह ठकुरीले वेस्ट ब्याट्सम्यान पाउँदा बिनय श्रेष्ठले इमर्जिङ प्लेयरको अवार्ड प्राप्त गरे ।
त्यस्तै, सरिन श्रेष्ठ, सुप्रिम श्रेष्ठ र प्रवेश रसाइलीले बर्षको युवा खेलाडीका रुपमा अवार्ड प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको