तास्मानिया । नेपाली सोसाइटी अफ नर्दन तास्मानियाको अध्यक्षमा सन्देश श्रेष्ठ सर्वसम्मतले निर्वाचित भएका छन् । आइतबार तास्मानियाको लञ्चेस्टनमा आयोजित सोसाइटीको चौथो बार्षिक साधारण सभाले निवर्तमान अध्यक्ष प्रशान्त खनाललाई विस्थापित गर्दै श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय समिति पनि चयन गरेको छ ।
सचिव र उपसचिव पद भने रिक्त रहेको छ, जसलाई सोसाइटीको पहिलो वैठकले पूर्ती गर्ने नवनियुक्त अध्यक्ष श्रेष्ठले बताए ।
त्यस्तै, उपाध्यक्षमा प्रयास कार्की, ट्रेजररमा माधव घिमिरे, पब्लिक रिलेसन अफिसरमा सरोज खनाल निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यमा चयन हुनेहरुमा युवराज न्यौपाने, विष्णु सुवेदी, पुरुषोत्तम रिमाल, कविता सिवाकोटी, दिवश पन्त, उज्ज्वल खड्का, विवेक खनाल र रुपेश पराजुली रहेका छन् ।
रिक्त रहेको एक सदस्य पद पनि सोसाइटीको पहिलो वैठकले पूर्ती गर्नेछ ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा नेपाली समुदाय विशेष गरी विद्यार्थीले भोगेका समस्याहरुको पहिचान गरी समस्या समाधानमा अग्रसर भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे ।