अस्ट्रेलियामा आप्रवासीको आगमन कम भएको  डेलोइट प्रतिवेदनको  निष्कर्ष 

अस्ट्रेलियामा आप्रवासीको आगमन कम भएको  डेलोइट प्रतिवेदनको  निष्कर्ष 
नेपालआईज
७ भदौ २०७९ ३:४९

सिड्नी ।  अस्ट्रेलियाले आफ्नो सीमा पुनः खोल्दा अस्ट्रेलियन नागरिक बिदा मनाउन वा कामका लागि विदेश जाने अनुपातमै आप्रवासीको आगमन कम भइरहेको छ । डेलोइट एक्सेस  इकोनोमिक्सको रोजगारी पूर्वानुमानको अध्ययनले यस्तो देखाएको हो । डेलोइट एक्सेस इकोनोमिक्सले दक्ष आप्रवासीहरूको लागि स्थायित्वको बाटो सुधार गर्नुपर्ने सुझाव समेत दिएको छ । डेलोइट प्रतिवेदन अनुसार अहिले रोजगारीका लागि रहेको खाली ठाउँ भन्दा थोरै बढी बेरोजगार व्यक्तिहरू मात्र रहेका छन् र यो मानवीय भिसा कार्यक्रम विस्तार गर्न ठुलो अवसर हुन सक्छ । 

तथ्याङ्क अनुसार सन् २०२१ को डिसेम्बरसम्म तीन महिनामा २९ हजार मानिस अस्ट्रेलिया आइपुगेका थिए । यो  १८ महिनामा विदेश बसाइसराइ गरेका १ लाख १३ हजार मानिसको एक चौथाइ मात्र हो । अहिले अस्ट्रेलियामा प्रत्येक स्थायी वा दीर्घकालीन आगमनको अनुपातमा ०.९ बाहिरिनेछन् जबकि यो महामारीको अघि देखिने प्रति आगमन ०.६५ प्रस्थानको अनुपातभन्दा माथि देखाउँछ । तर यति हुँदा पनि सन् २०२२ को पहिलो ६ महिनामा अस्ट्रेलियामा नेट वैदेशिक बसाइ सकारात्मक रहेको थियो । डेलोइटको प्रतिवेदन भन्दा फरक रूपमा सरकारले भने आगामी ५ वर्षमा अस्ट्रेलियाका लागि शीर्ष १० मा पर्ने रोजगारको सूची सार्वजनिक गरेको छ ।

अस्ट्रेलियाले सार्वजनिक गर्‍यो दश पेसाहरू 

निर्माण प्रबन्धकहरू, सिभिल इन्जिनियरिङ, प्रारम्भिक बाल्यकाल शिक्षकहरू, नर्सहरू, आइसिटी र प्रणाली विश्लेषकहरू तथा सफ्टवेयर र प्रोग्रामहरू सूचीको शीर्ष स्थानमा छन् । जबकि इलेक्ट्रीसियनहरू, शेफहरू, बाल हेरचाहकर्ताहरू र एज्ड तथा डिसाबल्ड हेरचाहकर्ताहरू पनि यो सूचीमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको