होबार्ट। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज – तास्मनिया च्याप्टर गठन भएको छ । गत अगस्ट २० तारिखमा होबार्टमा सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज – तासमानिया च्याप्टरको साधारण सभाले प्रकाश पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो नवनियुक्त अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज – तासमानिया च्याप्टरको उप-अध्यक्ष गायत्रि पाण्डेय, सचिव सुरेन्द्र खरेल ( सुबिन), कोषाध्यक्ष सरोज तामाङ रहेका छन् । त्यस्तै गरी सदस्यहरूमा तोयाराज भट्टराई, विजय भट्टराई, अस्मिका श्रेष्ठ चुनिएका छन् । उक्त सभामा उपन्यासकार सुबिन खरेलको पहिलो उपन्यास “फेरिएको माया” को विमोचन गरिएको थियो । उपन्यास केशव भट्टराई , जेनेट एलेन ह्यलैंड र लेखकले संयुक्तरुपमा उपन्यास विमोचन गरिएको थियो । उपन्यासकारले अप्नो उपन्यासमा किशोर अवस्थामा हुने प्रेम र त्यसले जीवनमा ल्याउने प्रभावका सम्बन्धमा लेखिएको उपन्यासले नयाँ पुस्ताको अवस्थालाई चित्रण गरेका छन् ।
को हुन् सुबिन
सुबिन खरेल हाल अस्ट्रेलिया होबर्ट मा बसोबास गर्दछन्। स्थानीय पत्र पत्रिका , मेगजिन, अनलायिन मिडिया मा दर्जनौ लेख तथा रचना हरू प्रकाशित भईसकेका छन्। उनको पेज शब्द डायरी (Shabdadiary.com) मार्फत ब्लग हरू उपलब्ध छन्। उपन्यास माथि चर्चा गर्दै प्रकाश पन्थी ले बोलेका थिए। खरेललेको उपन्यासमा वर्तमान समयको परिवेश, प्रेम, गरिबी, राजनीति, भ्रष्ट्रचार, वैदेशिक रोजगारीजस्ता विषयलाई सरल र सहज भाषामा विविधतापूर्वक प्रस्तुत गरेको बताएका थिए । स्वान्त शुकाय को लागि लेख्न रुचि राख्ने खरेल भन्छन् ‘यो मेरो सुरुवात कदम मात्र हो , मन को भावना अभिबेक्ति गर्न सदै कलम चलाउने छु र पाठक को सुझाव सल्लाह पाए लेखनिय यात्रा मा परिस्कृत गर्नछु ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । अनेसास विश्वभरि छरिएर रहेका नेपाली मूलका कवि, लेखक, कलाकार, शिक्षक तथा स्वयंसेवीहरूको एउटा संयुक्त प्रयास हो, जो नेपाली साहित्य र संस्कृतिको प्रवद्र्धनमा स्रक्रिए रहेको छ ।