होबार्ट । तास्मानियाको होबार्ट निवासी एम एस अग्रजद्वारा निर्देशित लघू चलचित्र ‘अकारण’ वाईड एंगल सिनेमा हल होबार्टमा सेप्टेम्बर १६ देखि प्रदर्शन आउने भएको छ । चलचित्रका मुख्य कलाकारहरूद्वारा होबार्टमा आयोजित एक पत्रकार सम्मेलनमा लघु चलचित्र अकारणको पोस्टरहरू सार्वजनिक गरिएको थियो । उक्त चलचित्र आगामी १६ सेप्टेम्बरमा वाईड एंगल सिनेमा हल होबार्टमा विशेष प्रदर्शन गरिने मुख्य कलाकारहरुले जानकारी दिए । पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकार निखिला बुढाथोकी, क्यामेरा म्यान श्रीराम अर्याल र चलचित्र निर्देशक एम एस अग्रजको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा एनआरएनए तास्मानियाका संयोजक राकेश शाक्य,समाजसेवी पुनम पन्त लगायतले चलचित्रको सफलताको शुभकामना दिएका थिए । चलचित्रले घरेलु हिंसापीडित महिलाको मानसिक अवस्थाको चित्रण गरेको निर्देशक एम एस अग्रजले बताए ।
चलचित्रमा प्रस्तुति विचित्र फिल्मको रहेको छभने गुड जब आर्टसको सहप्रस्तुतीकरण रहेको छ । चलचित्रको लेखन तथा निर्देशन एमएस अधिकारीले गरेका छन भने पटकथा संवाद निर्माता केश पाण्डे हुन् । त्यस्तै गरी निर्माण व्यवस्थापनमा सरोज शर्मा,छाँयांकन श्रीराम अर्याल, पार्श्व सङ्गीत शैलेश श्रेष्ठ,शृङ्गार सुनिल पराजुली र प्रचार सामग्री/ पोस्टर डिजाइन महेश श्रेष्ठले छन् । चलचित्रको कलाकारहरूमा निखिला बुढाथोकी,कुशल आचार्य,सामु उप्रेती र सुनिल पराजुली रहेका छन् ।