पर्थ । इन्टरनेसनल स्टुडेन्ट एकोमोडेसन सब्सिडी अन्तर्गत वेस्टर्न अस्ट्रेलियामा फुल टायम ( पूर्ण-समय) अध्ययन गर्ने विद्यार्थीहरूलाई सरकारले आवास खर्चका रूपमा १५ सय डलर प्रदान गर्ने भएको छ। पहिलो चरणमा सन् २०२२ मा दोस्रो सेमेस्टर अध्ययनरत २ हजार ५ सय योग्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उक्त रकम पाउने छन् । उक्त रकम पाउनका लागि योग्य आवेदनहरूले २६ अक्टोबर २०२२ मा बिहान ११ बजे सम्म निवेदन दिन सक्नेछन् । १ जुलाई २०२२ देखि वेस्टर्न अस्ट्रेलियामा अध्ययन सुरु गरेका विद्यार्थीहरू उक्त रकम पाउन योग्य हुने छन् ।
International student accommodation subsidy पाउने योग्यता र प्रक्रियाका बारेमा यहाँ जानुहोस् ।